२०८२ मंसिर ८ सोमबार
Jhapa Today
Adv top

सुनको मूल्य घट्यो, तोलाको २ लाख ४२ हजार ७००


बिर्तामोड, मंसिर ८ । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको १९ सय रुपैयाँले घटेर २ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन आइतबार सुन तोलाको २ लाख ४४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ ।

अघिल्लो दिन आइतबार तोलाको ३ हजार १३५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार घटेर ३ हजार ११५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

महासंघका अनुसार सोमबार प्रति १० ग्राम सुनको मूल्य २ लाख ८ हजार ७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य २ हजार ६७० रुपैयाँ ५० पैसामा कारोबार भइरहेको छ ।

Adv footer