२०८२ फागुन २० बुधबार
Jhapa Today
Adv top

बिर्तामोडबाट चारजना जुवाडे पक्राउ


बिर्तामोड, फागुन २० । झापाको बिर्तामोडबाट प्रहरीले चारजना जुवाडेलाई ताससहित नियन्त्रणमा लिएको जनाएको छ । उनीहरु अिजो होलीपर्वको दिन पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा बिर्तामोड–५ का ३५ वर्षीय अमरबहादुर तामाङ, सोही स्थानका ४४ वर्षीय पुरुषोतम सुवेदी, ३९ वर्षीय युवराजप्रसाद साह र भारत वेस्ट बंगाल उत्तर दिनासपुरका ३३ वर्षीय विपुल रोय छन् ।

बिर्तामोड–५ ग्लोबल आइएमइ बैंक छेउमा तास खेलिरहेको स्थानबाट उनीहरुलाई पक्राउ गरेको जिल्ल प्रहरी कार्यालय झापाले जनाएको छ ।

हिजो राति १०ः३० बजे बिर्तामोड–५ का पुरुषोतम सुवेदीको घरमा तास खेलाइरहेको भन्ने सूचनाका आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले जुवाडेसहित १ बुङ तास र नगद १८ हजार ५३५ रुपैयाँ नियन्त्रणमा लिएको बताइएको छ ।

उनीहरुलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा ल्याएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Adv footer