२०८३ जेठ १३ बुधबार
Jhapa Today
Adv top

दमकमा ‘मोडिफाई’ गरएका मोटरसाइकल नियन्त्रणमा


बिर्तामोड, चैत २१ । प्रहरीले झापाको दमकबाट आकार बदलिएर कुदाइएका आठवटा मोटरसाइकल नियन्त्रणमा लिएको जनाएको छ । मोडिफाई गरिएका मोटरसाइकल एकैदिन नियन्त्रणमा लिइएको हो ।

दमकको पशुहाटमा आयोजित कन्सर्ट हेर्न आएका व्यक्तिले मोडिफाई गरिएका मोटरसाइकलहरु लिएर आएकोमा प्रहरीले नियन्त्रणमा लिएको हो ।

हिजो राति ११ः३० बजे इलाका प्रहरी कार्यालय दमकको प्रहरीले टोलीले ध्वनि प्रदूषण गरी सवारी नियमविपरित मोडिफाई गरी चलाइएका मोटरसाइकल नियन्त्रणमा लिइएको हो ।

प्रहरीका अनुसार प्र. १–०२–०४८ प ५९०३, प्र. १–०२–०५७ प ८५६१, प्र. १–०२–०४५ प १९३६, को. २२ प ६८००, बा. ९८ प ६४२६, को. २९ प ३३५३, मे. ४ प ३७६४ र मे. ११ प ५६७६ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिइएको हो ।

Adv footer