२०८३ बैशाख २१ सोमबार
Jhapa Today
Adv top

सुनको मूल्य सामान्य घट्यो


बिर्तामोड, बैशाख २१ । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेर २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि आइतबार सुन तोलामा २ लाख ९५ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य भने बढेको छ ।

महासंघका अनुसार आइतबार ५ हजार १० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार बढेर ५ हजार ३० रुपैयाँमा कारोबार भइरहेको छ।

Adv footer