२०८१ बैशाख १८ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

लायन्स लेडीको जन्मदिनमा अनाथलाई सहयोग


बिर्तामोड । कहिलेकाहीँ सुखद् संयोगहरु परोपकारी कार्यमा परिणत हुन्छन्, र दुःखी अनुहारमा उज्यालो छाउँछ । एउटै संस्थाका तीनजना पदाधिकारीको जन्मदिन एउटै मितिमा ! यो खुसीको संयोगलाई उनीहरुले अनाथ आश्रममा गएर बाँड्ने योजना बनाए ।

फागुन २८ गते जन्मदिन परेका बिर्तामोडका अगुवा महिलाहरु उर्मिला बिमली खरेल, दुर्गा थपलिया र निरु ओलीले अनाथ आश्रमका बालबालिकाहरुसँग जन्मदिन मनाएका छन् । घर तथा होटलमा गएर फजुल खर्च र अनावश्यक तामझाम गर्नुको सट्टा परोपकार काम गर्दा खुसी लागेको ओलीले बताइन् ।

उनीहरु तीनैजना लायन्स क्लब अफ बितामोड लेडीका पदाधिकारी हुन् । खरेल अध्यक्ष तथा थपलिया र ओली उपाध्यक्ष हुन् । क्लबले यसअघि पनि सामाजिक कार्य गर्दै आएको छ । उनीहरुले सदस्यहरुबाटै नगद तथा जिन्सी संकलन गरेर विपन्न र अनाथहरुलाई वितरण गर्दै आएका छन् ।

जन्मदिनमा पनि उनीहरुले अनाथ आश्रमका बालबालिकासँग केक काटेर खुसी साँटेका थिए । उनीहरुले बालबालिकालाई मिष्ठान्न ख्वाएनन् मात्र खाद्य सामग्री र स्कुल ब्याग उपहारस्वरुप प्रदान गरेका थिए ।

कनकाई नगपालिका १ मा रहेको सुस्त मनस्थिति सरोकार समाज नेपालमा आश्रय लिएर बसेका १४ जना बालबालिकालाई उनीहरुले खाद्य सामग्री र ब्याग प्रदान गरेका हुन् । कार्यक्रममा लायन्स क्लब इन्टरनेसनलका एरिया ए१ का एरिया चिफ लीला चिमरिया, लायन्स क्लब अफ बिर्तामोड सिटीका अध्यक्ष निरज ओलीलगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer