२०८१ बैशाख १८ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ९७ हजार


-हिमाल खरेल
बिर्तामोड, बैशाख १३ ।
विश्वभर १ लाख ९६ हजार ९८१ जनाको ज्यान लिइसकेको कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या २८ लाख २६ हजार ८४७ पुगेको छ ।

विश्वका २१० मुलुकमा फैलिएको कोरोना भाइरसको संक्रमण पछिल्लो २४ घण्टामा मात्र १ लाख ३ हजार ६७८ जनामा देखिएको छ भने ६ हजार ६४ जनाको निधन भएको छ । संक्रमितको संख्या अहिलेसम्मक अधिकतम हो ।

कोभिड १९ बारे अपडेट गर्दै आइरहेको वर्ल्डओमिटर्स डट इन्फोका अनुसार संक्रमितमध्ये ९ लाख ९५ हजार २७६ जनाको उपचारको फाइल बन्द गरिएको छ । अर्थात, ७ लाख ९८ हजार २९५ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

सफल उपचार र निधन भएकाबाहेक १८ लाख ३१ हजार ५७१ जनामध्ये तीन प्रतिशत अर्थात ५८ हजार ५२७ जनाको अवस्था दयनीय छ । बाँकी १७ लाख ७३ हजार ४४ जनाको उपचार र अवस्था स्थीर छ ।

संसारमा सबैभन्दा बढी मृत्यु भएको अमेरिकामा मृतकको संख्या ५२ हजार ९२ जना पुगेको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा मात्र १ हजार ८५८ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने ३७ हजार १७० जना नयाँ संक्रमित फेला परेका छन् । अमेरिकामा करिब १५ हजार ९७ जना मानिस अझै गम्भीर अवस्थामा छन् ।

युरोपमा मात्र अहिलेसम्म १ लाख १७ हजार ३२४ जनाभन्दा धेरै मानिसले ज्यान गुमाएका छन् । युरोपको इटालीमा सबैभन्दा धेरै २५ हजार ९६९, स्पेनमा २२ हजार ५२४, फ्रान्समा २२ हजार २४५, बेलायतमा १९ हजार ५०६, बेल्जियममा ६ हजार ६७९, जर्मनीमा ५ हजार ७६०, नेदरल्यान्ड्समा ४ हजार २८९, स्विडेनमा २ हजार १५२, स्विटजरल्यान्डमा १ हजार ५८९, मेक्सिकोमा १ हजार ६९ र आयरल्यान्डमा १ हजार १४ जनाले ज्यान गुमाइसकेका छन् । विश्वभरमा भएका जम्मा मृत्युको ६० प्रतिशत युरोपमै रहेको छ ।

त्यस्तै, इरानमा ५ हजार ५७४, ब्राजिलमा ३ हजार ६७०, टर्कीमा २ हजार ६०० र क्यानाडामा २ हजार ३०२ जनाको मृत्यु भएको छ । चीनमा ४ हजार ६३२ जनाको निधन भएको छ । पछिल्लो ९ दिनयता चीनमा कोरोनाका कारण मृत्यु भएको छैन । २४ घण्टामा ६ जना नयाँ संक्रमित फेला परेका छन् ।

दक्षिणी छिमेकी मुलुक भारत संक्रमित संख्याको आधारमा १६ औँ स्थानमा छ । त्यहाँ संक्रमित र ज्यान गुमाउनेहरूको संख्या निरन्तर बढिरहेको छ । अहिलेसम्म ७८० जना संक्रमितको मृत्यु भएको छ । २४ हजार ४४७ जना संक्रमित पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा भारतमा ५९ जनाको मृत्यु भएको छ भने १ हजार ४०८ जना नयाँ संक्रमित फेला परेका छन् ।

यसैबीच, संक्रमितको संख्या हेर्ने हो भने सबैभन्दा बढी अमेरिकामा छन् । अमेरिकामा ९ लाख २३ हजार ६१२ जना संक्रमित पुगेका छन् । जम्मा संक्रमितमध्ये केवल अमेरिकामै एकतिहाइ रहेका छन् । त्यहाँ तीव्र गतिमा संक्रमित बढिरहेका छन् ।

त्यसपछि स्पेनमा २ लाख १९ हजार ७६४, इटलीमा १ लाख ९२ हजार ९९४, फ्रान्समा १ लाख ५९ हजार ८२८, जर्मनीमा १ लाख ५४ हजार ९९९, बेलायतमा १ लाख ४३ हजार ४६४, टर्कीमा १ लाख ४ हजार ९१२, इरानमा ८८ हजार १९४, चीनमा ८२ हजार ८०४, रुसमा ६८ हजार ६२२ र ब्राजिलमा ५२ हजार ९९५ जना संक्रमित पुगेका छन् । (बिहान ०६:०० बजेसम्मको अपडेट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer