२०८१ मंसिर ८ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

झापामा थप आठजनामा कोरोना


बिर्तामोड, जेठ ८ । झापामा थप आठजनामा कोरोना भाइरस पुष्टि भएको छ । आज बिहान मात्रै १५ जनामा कोरोना पोजेटिभ देखिएको थियो । दिउँसो थप आठजना थपिएका हुन् ।

कचनकवल गाउँपालिकामा क्वारेनटाइनमा बसेकामध्ये आठजनामा कोरोना संक्रमित देखिएको हो । योसँगै कचनकवलमा संक्रमितको सङ्ख्या ३३ पुगेको छ । झापामा संक्रमितको संख्या ३५ पुगेको छ । बाह्रदशी र दमकका संक्रमित भने निको भएर घर फर्किएका छन् ।

केही दिनअघि भारतको मुम्बई र दिल्लीबाट आएका नेपाली नागरिकलाई गाउँपालिकामा बनाइएको क्वारेनटाइनमा राखेर उनीहरूको स्वाब परीक्षणका लागि प्रादेशिक प्रयोगशाला विराटनगर पठाइएकोमा थप आठजनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । अरूको रिपोर्ट पनि आउने क्रममा छ ।

उनीहरू सबै भारतका विभिन्न राज्यबाट रेल, ट्रक चढेर आएका हुन् । उनीहरु सबैको स्वास्थ्यकर्मीको टोलीले स्वाब सङ्कलन गरिरहेका छन् । कोरोना पुष्टि भएपछि बुधबार बसेको पालिकाको वैठकले जेठ ११ गतेसम्म गाउँपालिका प्रवेशमा रोक लगाउने निर्णय गिरिएको अध्यक्ष अञ्जरा आलामले जानकारी दिए ।

कचनकवलका क्वारेन्टाइनमा बुधबार साँझसम्म २२४ जना रहेको स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादवले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer