२०८१ बैशाख १८ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

झापामा थप २५ जनामा कोरोना


बिर्तामोड, जेठ १५ । झापामा थप २५ जनामा कोरोना भाइरस पुष्टि भएको छ । उनीहरु सबै कचनकवलको क्वारेन्टिनका हुन् । हिजो दिउँसो मात्रै १७ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।

आज दिउँसो थप २५ जना थपिएका हुन् । झापामा संक्रमितको संख्या ७९ पुगेको छ । कोसी कोभिड अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा झापामा थप २५ जनामा कोरोना संक्रमित पुष्टि भएको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले जानकारी दिए ।

कचनकवलमा मात्रै संक्रमितको संख्या ७३ पुगेको छ । कचनकवलमा बुधबार मात्रै जानकी आमावि क्वारेन्टिनका १५ जना थपिएका थिए । गाउँपालिकाले १६२ जनाको स्वाब परीक्षणका लागि पठाइएको थियो ।

कचनकवलका छवटा क्वारेन्टिनमा बसेका सबै भारतको संक्रमित क्षेत्र मुम्बई, दिल्ली, गुजरात, तामिलनाडुबाट आएका हुन् । गाउँपालिकाकामा अहिलेसम्म भारतबाट ३५० भन्दा बढी नेपाली आइसकेका छन् ।

झापामा यसअघि बाह्रदशी गाउँपालिका र गौरदाह नगरपालिकामा दुईदुईजना र झापा गाउँपालिका र दमक नगरपालिकामा एकएकजना संक्रमित भेटिएका थिए । बाह्रदशीर दमकका संक्रमित निका भएर घर फर्किसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer