२०८१ बैशाख १८ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

थप १८९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १४०१ पुग्यो


बिर्तामोड, जेठ १७ । शनिबार नेपालमा थप १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १८५ जना पुरुष र ४ जना महिला रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शनिबारको नियमित मिडिया ब्रिफिङमा यस्तो जानकारी दिएका हुन् । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १४०१ पुगेको छ । हालसम्म कोरोना निको भएर २१९ जना घर फर्किएको पनि मन्त्रालयले जनाएको छ । त्यस्तै हालसम्म ६ जना संक्रमितको मृत्यु समेत भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये धनुषाका ७ जना, झापाका एकजना कपिलवस्तुका ७७ जना, ललितपुर एकजना, महोत्तरीका चारजना, रौतहटका ६ जना, सर्लाहीका ६ जना र सिराहा ११ जना छन् ।

यसैगरी, रुपन्देहीका २६ र कपिलवस्तुका २९ जनामा पनि कोरोना संक्रमण देखिएको छ । त्यस्तै धरानमा गरिएको परीक्षणमा सप्तरीका ९ जनामा पनि कोरोना संक्रमण देखिएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा ८ जनाको रिपोर्ट पोजेटिभ आएको छ । उनीहरू कपिलवस्तुका ३ जना छन् भने दाङका ५ जना छन् । नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा भने ३ जनामा कोरोना संक्रमण देखिएको छ। उनीहरु बाराका १ जना हुन् भने पर्साका २ जना हुन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको १४ जनाको रिपोर्ट पोजेटिभ आएको छ। उनीहरू सबै दैलेखका हुन् । विराटनगरको कोसी अस्पतालमा गरिएको परीक्षणमा २ जनको रिपोर्ट पोजेटिभ आएको छ । उनीहरू दुवैजना संखुवासभाका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer