२०८२ बैशाख ८ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

सामाजिक अभियान्ता गिरीलाई पितृशोक


बिर्तामोड, जेठ २४ । सामाजिक अभियन्ता तथा सहारा नेपाल साकोस चारपानेका प्रमुख कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीलाई पितृशोक परेको छ ।

गिरीका बुवा बमबहादुर गिरीको ८९ वर्षको उमेरमा बिर्तामोड २ चारपानेस्थित निजी निवासमा शनिबार अपराह्न ५ बजे निधन भएको हो ।

सामाजिक तथा धार्मिक क्रियाकलापमा सक्रिय गिरीको पत्नी बसुन्धरा गिरीको २०६६ सालमा निधन भइसकेको छ । स्वर्गीय गिरीका दुई छोरा, दुई छोरी, चार नाति, चार नातिनी रहेका छन् ।
उनका छोरा–बुहारीहरु महेन्द्रकुमार–ज्योति गिरी र राजु–मिनादेवी गिरी रहेका छन् । त्यस्तै, छोरी–ज्वाइँहरुमा निर्मला–लोकबहादुर भारती र मिना–ध्यानबहादुर भारती रहेका छन् ।

जेठो छोरा महेन्द्रकुमार गिरी सहारा नेपालका सचिव, राष्ट्रिय सहकारी बैंकका सञ्चालक सदस्य, एकका लागि एक अभियानका संयोजक, जिल्ला सहकारी संघ झापाका उपाध्यक्ष, झापा गोल्डकपका पूर्वअध्यक्ष लगायत विभिन्न सामाजिक संघसंस्थामा आवद्ध छन् ।

त्यस्तै, राजु सहारा नेपाल चारपानेका कर्मचारीलगायत विभिन्न सामाजिक संघसंस्थामा आवद्ध छन् । त्यसैगरी उनका ज्वाइँ ध्यानबहादुर भारती अर्जुनधारा नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष हुन् । स्वर्गीय गिरीको शनिबार नै कोटीहोमस्थित कनकाई आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

Adv footer