२०८१ बैशाख १८ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

पिसिआर ल्याब बनाउन एउटै कार्यक्रममा १ लाख १२ हजार सहयोग


बिर्तामोड, जेठ २९ । जनस्तरबाट स्थापना गर्न लागिएको पिसिआर ल्याबका लागि एउटै कार्यक्रममा सवा लाख रुपैयाँ आर्थिक सहयोग संकलन भएको छ ।

‘एकका लागि एक अभियान’ ले ल्याब सञ्चालन गर्न आर्थिक संकलन तीव्र बनाएको छ । अभियानअन्तर्गत झापामा कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याब स्थापनाका लागि सहयोग जट्ने क्रम जारी छ ।

बुधबार एउटै कार्यक्रममा अभियानलाई एक लाख १२ हजार रुपैयाँ प्राप्त भएको छ । अभियानका सहसंयोजक विनोद बस्नेतका अनुसार बिर्तामोडमा भएको एक कार्यक्रमकाबीच नेपाल मार्वल तथा टायल्स व्यवसायी संघ झापा झापाले ५१ हजार, निर्माण व्यवसायी शैलेन्द्र कुरुङवाङले ५० हजार र छठ समाज सेवा समिति बिर्तामोडले ११ हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

अभियानको तर्फबाट सहसंयोजक बस्नेत, सल्लाहकार नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल, सदस्यहरु बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, रोटरी क्लब अफ बिर्तामोडका अध्यक्ष निर्मल भट्टराई, झापा गोल्डकपका महासचिव गजेन्द्र पौडेलले रकम ग्रहण गरेका थिए ।

नेपाल मार्वल तथा टायल्स व्यवसायी संघ झापाको तर्फबाट अध्यक्ष कुशल खतिवडा, द्वितीय उपाध्यक्ष जयप्रसाद सिटौला, सचिव मनहरि बिमली, सहकोषाध्यक्ष नेत्रप्रसाद बिमली, सदस्यहरु विजय गोयल र डम्बर भण्डारीले संयुक्त रुपमा रकम हस्तान्तरण गरेका थिए ।

त्यस्तै, लायन्स क्लब अफ अनारमनीका अध्यक्ष, निर्माण व्यवसायी तथा लायन्सका जोन चेयर पर्सन शैलेन्द्र कुरुङवाङले अभियानका लागि रकम हस्तान्तरण गरेका थिए । छठ समाज सेवा समितिको तर्फबाट अध्यक्ष घनश्याम चौधरी, पूर्वअध्यक्ष देवेन्द्रकुमार सिंह, महासचिव मनोज रौनियार, कोषाध्यक्ष राजकुमार साह, सहकोषाध्यक्ष अशोक चौधरी, सदस्यहरु बरुण चौधरी, विकी चौधरी र अनन्तलाल महतोले संयुक्त रुपमा रकम हस्तान्तरण गरेका हुन् ।

ल्याबको स्थापनाका लागि एक करोड १५ लाख रुपैयाँ लाग्ने अनुमान छ । अभियानलाई अन्तर्राष्ट्रिय झापाली समाज, जिल्ला सहकारी संघ झापाले ल्याब स्थापना गर्न विशेष सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

सहसंयोजक बस्नेतले सहयोगी सबैलाई धन्यवाद ज्ञापन गर्दै महामारी नियन्त्रणका लागि छिटोभन्दा छिटो ल्याब स्थापना गर्न सबैलाई सहयोगका लागि अपिल गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer