२०८१ बैशाख १८ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

लिवर्टीका प्रिन्सिपल विष्टले निकाले तीन शिक्षक


बिर्तामोड, साउन ७ । बिर्तामोडको अनारमनी लिवर्टी अंग्रेजी माध्यमिक विद्यालयले तीनजना शिक्षकलाई कामबाट निकालेको छ । त्यसविरुद्ध उनीहरुले उजुरी दिएका छन् ।

विद्यालयका संस्थापक प्रिन्सिल पुरन विष्टले मौखिक आदेश दिएर विद्यालयमा कार्यरत तीनजनालाई सरकारको निर्देशन तथा कम्पनी ऐनविपरीत निकालेका हुन् । विष्टले विद्यालय स्थापनाकालदेखि कार्यरत वेदनिधि रिमाल, ४ वर्षदेखि कार्यरत सीता कार्की र २ वर्षदेखि कार्यरत मञ्जु कोइरालालाई बिनाकारण निकालेको पीडितहरूले जनाएका छन् ।

विद्यालयबाट निकालेपछि उनीहरुले संस्थागत विद्यालय युनियन बिर्तामोड नगरपालिका तथा जिल्ला कार्यसमिति झापामा दिएको उजुरीमा उक्त जिकिर गरिएको छ । पीडित शिक्षक शिक्षिकाको उजुरीअनुसार हरेक वर्ष बिनाकारण शिक्षक निकाल्ने गर्दै आएका सो विद्यालयका सञ्चालकले महिला शिक्षिकामाथि अभद्र व्यवहार तथा यौन दुव्र्यवहारको प्रयाससमेत गर्ने गरेका छन् ।

कक्षा १० सम्म सञ्चालनमा रहेको सो विद्यालयमा गैर नेपाली नागरिकलाई समेत शिक्षणमा लगाउने गरिएको छ । कम्पनी ऐनअनुसार सञ्चालनमा रहेको विद्यालयले १३ वर्षदेखि काम लगाएका शिक्षक कर्मचारीलाई समेत नियुक्ति पत्रलगायत न्यूनतम सेवा सुविधा नदिई काम लगाएर शोषण गर्ने गरेको पीडितले बताएका छन् ।

पीडित शिक्षक वेदनिधि रिमालले शैक्षिक वर्ष २०६४ मा स्थापना भएदेखि निरन्तर शिक्षण सेवा दिइरहेको बताउँदै यसवर्षको शैक्षिकसत्र सुरू हुन नपाउँदै अब विद्यालयमा नआउनु भनेर फोनमार्फत मौखिक आदेश दिएको सुनाए । सो घटनापछि आफू मानसिक रूपमा प्रताडित भएको उनको भनाइ छ ।

विष्टले संकटको घडीमा दिनुपर्ने पारिश्रमिक समेत नदिई निकालिएको जानकारी गराउँदा छाँगाबाट खसेको कार्कीले पीडा सुनाइन् । कोइरालाले गएको शैक्षिक वर्षको साउनमा एपेन्डिक्स भएर अप्रेसन गर्दा १८ दिन विद्यालय आउन नसकेको कारण आफू निकालिएको बताएकी छन् ।

शिक्षक निकालिएको बारेमा जिज्ञासा राख्दा विष्टले कर्मचारी राख्ने निकाल्ने आफ्नो अधिकार भएको भन्दै ऐन नियमको परिधिले नछुने धम्की दिएका छन् । उनले कोही १३ वर्षदेखि काम गरुन् कि २ वर्षदेखि कक्षा कोठामा निदाउने, मोबाइल चलाउने काम गरेकाले सजाय स्वरूप निकालिएको दाबी गरेका छन् ।

बिनाअपराध बन्दाबन्दीको समयमा शिक्षक कर्मचारी निकाल्ने कार्य ५ दिनभित्र नसच्याए लिवर्टी स्कुलले कानुनी उल्झन सामाना गर्न तयार रहनु पर्ने भन्दै संस्थागत विद्यालय शिक्षक युनियन झापाका अध्यक्ष होमराज खतिवडा प्रज्ञिक थलो विद्यालयलाई रणभूमि नबनाउन चुनौती दिएका छन् । (साझामञ्चबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer