२०८१ बैशाख १८ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

चिया मजदुरको बढ्यो ज्याला


बिर्तामोड, असोज २ । चिया मजदुरको दैनिक ज्यालामा ३० रुपैयाँ बृद्धि भएको छ । ज्याला बृद्धि गरिएपछि उद्योग र मजदुरबीचको विवाद पनि टुुङ्गिएको छ ।

चियासम्बद्ध मजदुर संगठन र नेपाल चिया उत्पादक संघबीच बिहीबार चार बुँदे सहमति भएको हो । शुक्रबार बिर्तामोडमा दुवै पक्षका नेताले पत्रकार सम्मेलन गरी विवाद सुल्झिएको जानकारी दिए ।

नेपाल चिया उत्पादक संघका केन्द्रीय अध्यक्ष सुरेशकुमार मित्तलका अनुसार चिया उद्यमी मजदुरले पाउँदै आएको न्यूनतम दैनिक ज्यालामा ३० रुपैयाँ बढाउन सहमत भएका छन् ।

श्रमिकले २३१ रुपैयाँ न्युनतम् ज्याला र १५४ रुपैयाँ महँगी भत्ता गरी ३८५ रुपैयाँ पाउँदै आएकोमा नयाँ सहमतिपछि बृद्धि गरिएको ३० रुपैयाँसहित अब ४१५ रुपैयाँ पाउने भएका छन् ।

पटक–पटकको वार्ता र छलफलपछि दुवै पक्षबीच सहमति भएको हो । यो सहमतिअनुसारको ज्याला राजपत्रमा प्रकाशित हुनेछ । कानुनको रुपमा उक्त विषय समेटिएपछि देशभरका चिया क्षेत्रमा लागु हुनेछ । सहमति सार्वजनिक समारोहमा उत्पादक संघको तर्फबाट अध्यक्ष सुरेशकुमार अग्रवाल र चण्डी पराजुलीले धारणा राखेका थिए ।

ट्रेड युनियनको तर्फबाट भूपाल सापकोटा, दिपक तामाङले धारणा राखेका थिए । सहमतिमा उत्पादक संघको तर्फबाट अध्यक्ष सुरेश कुमार अग्रवाल, जेपी शर्मा, चण्डी पराजुली, विनय गोयल, रमेश पराजुलीले हस्ताक्षर गरेका छन् ।

ट्रेड युनियनको तर्फबाट सहीकुमार राई, सन्तकुमार राई, नेत्रप्रसाद दाहाल, दिपक तामाङ, मिलन राई, जीवन खड्का, सीता सापकोटा, भूपाल सापकोटा, तिलक दर्जी, देवीप्रसाद खनालले हस्ताक्षर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer