२०८२ साउन १ बिहीबार
Jhapa Today
Adv top

राष्ट्रिय महिला फुटबल टिममा छानिए २८ खेलाडी


तस्वीरः एन्फा

बिर्तामोड, साउन ३१ । राष्ट्रिय महिला फुटबल टिमको प्रारम्भिक बन्द प्रशिक्षणबाट खेलाडी छनोट भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार प्रारम्भिक बन्द प्रशिक्षणमा रहेका ४५ जनामध्ये २८ खेलाडी छनोट भएको जनाएको छ ।

मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले दोस्रो चरणमा ४५ खेलाडीबाट २८ खेलाडी छनोट गरेको एन्फाले जनाएको छ । १७ खेलाडी बाहिरिएका छन् ।

एन्फाले एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि ४५ खेलाडीलाई प्रशिक्षणमा बोलाएको थियो । छनोटमा नेपाल समूह ’एफ’ मा रहेको छ । नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेका छन् ।

यस समूहको छनोट खेल उज्वेकिस्तानमा हुनेछ । एएफसीले छनोटको प्रारम्भिक मिति १३ देखि २५ सेप्टेम्बर (२८ भदौदेखि ९ असोज) लाई तोकेको छ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ ।

बन्द प्रशिक्षणमा रहेका खेलाडी :

अन्जना राना मगर, एन्जिला सुब्बा, उषा नाथ, अमिशा कार्की, अमृता जैशी, अनिता बस्नेत, अनिता केसी, अन्जली वाइबा, विमला विक, विमला चौधरी, दिपा राई, गीता राना, हिमा चौधरी, हिरा भुजेल, इन्द्रा राई, मनिषा राउत, मन्जली तामाङ योन्जन, निशा थोकर, प्रिती राई, पूजा राना, पुनम जर्गा मगर, रजनी थोकर, रश्मि घिसिङ, रेनुका नगरकोटी, सबिता राना, सरु लिम्बू, शर्मिला थापा, सिर्जना सिंह

Adv footer