२०८१ मंसिर १६ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

डा. पिताम्बरले सुरु गरे आफ्नै पोलिक्लिनिक


बिर्तामोड, मंसिर २४ । झापाबासीका लागि मात्र होइन साविक मेची अञ्चलबासीका लागि डा. पिताम्बर ठाकुर जीवनदाता भएर मेची अञ्चल अस्पतालमा सेवा गरे । अस्पतालमा आठ वर्षसम्म फिजिसियन आउन नमान्दा उनी स्थानीय राजनीतिज्ञ ओम सरवगीको आग्रहमा अस्पतालमा सेवा गर्न आइपुगे ।

मेचीमा १८ वर्षसहित ३८ बर्से सरकारी सेवाबाट निवृत्त भएका ठाकुरले झापामै सेवा गर्छु भन्ने बाचा पूरा गरेका छन् । उनी आफैँले ठाकुर पोलिक्लिनिक सञ्चालनमा ल्याएका छन् । बिर्तामोडमा सुरु गरेको उनको पोलिक्लिनिकमा सेवाग्राहीले उपचार र चिकित्सकीय सल्लाह पाउन थालेका छन् ।

लामो समयको अनुभवबाट खरिएर आएका डा. ठाकुर मेचीमा रहँदा अस्पताललाई निक्कै सुधार गरेका थिए । फार्मेसी, आइसियु र हेमो डाइलासिस सेवा, एचडियुको व्यवस्था उनकै कार्यकालमा सञ्चालन आएका हुन् । उनी आठ वर्ष मेडिकल सुपरिटेन्डेन हुँदा अस्पतालले मुहार नै फेरेको थियो ।

डा. ठाकुरको पोलिक्लिनिकमा ल्याब, एक्सरे, अल्ट्रा साउन्ड, इसिजी, फार्मेसीसहितको सुविधा उपलब्ध छन् । त्यस्तै, फिजिसियन, सर्जन, इएनटी, मानसिक, बालरोग, नशा, छाला रोग विशेषज्ञ तथा रेडियोलोजिस्टजस्ता अनुभवी चिकित्सकहरुले सेवा दिँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer