२०८२ बैशाख २८ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोड-५ मा तीन महिने खेलकुद प्रतियोगिता हुने


बिर्तामोड, पुस १० । बिर्तामोड नगरपालिका वडा नम्बर ५ को युवा तथा खेलकुद विकास समितिले विभिन्न विधामा तीन महिने खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ ।

यही पुस २४ गतेदेखि चैत ३ गतेसम्म सञ्चालन हुने बृहत खेल प्रतियोगितामा विभिन्न आठवटा खेल सहभागी गराइएको समितिका सचिव वेदप्रकाश अग्रवाल (विशाल) ले जानकार दिए । प्रतियोगिताका विजेता टिमले नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र पाउनेछन् ।

उद्घाटनको दिन पुस २४ गते आत्मरक्षा तालिमको सुरुवात गरिनेछ । त्यस्तै, माघ ८ गते महिला तथा पुरुष भलिबल, माघ १५ गते वडास्तरीय सुपर सिक्स क्रिकेट, माघ २९ गते वडास्तरीय फुटसल, फागुन २१ गते वडास्तरीय यु१९ फुटबल, फागुन २४ गते शारीरिक सुगठन, फागुन २८ गते सुपर ३० कार्यक्रम र चैत ३ गते महिला तथा पुरुष ३×३ बास्केट बल प्रतियोगिता आयोजना हुने अग्रवालले बताए ।

तीन महिनासम्म सञ्चालन हुने विभिन्न खेलका प्रतियोगिताले वडामा रहेका युवालाई खेलमार्फत अनुसाशन र स्वास्थ्य रहन मद्दत पुर्याउने समितिले विश्वास लिएको छ । वडामा खेलकुदको विकास र प्रबर्द्धनसँगै युवाहरुलाई सक्रिय बनाउन निरन्तर रुपमा प्रतियोगिता सञ्चालन गरिने अग्रवालले बताए । यो वर्ष आयोजना हुन लागेको प्रतियोगिता दोस्रो संस्करण हो ।

Adv footer