![](https://jhapatoday.com/wp-content/uploads/2022/10/fh.jpg)
पोखरा, असोज ३० । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला हक्कीतर्फ आइतबार प्रदेश १ विजयी भएको छ ।
![](https://jhapatoday.com/wp-content/uploads/2022/09/pathivara.jpeg)
पोखराको गण्डकी अंग्रेजी माविमा आइतबार भएको प्रतियोगितामा प्रदेश १ ले लुम्बिनी प्रदेशलाई १–० गोल अन्तरले हराएको हो ।
![No description available.](https://scontent.fktm1-1.fna.fbcdn.net/v/t1.15752-9/301915071_1063512954302123_4331870716962606957_n.jpg?_nc_cat=104&ccb=1-7&_nc_sid=ae9488&_nc_ohc=XyexZrSgGJ4AX-2EeHV&_nc_ht=scontent.fktm1-1.fna&oh=03_AVJfryBZOgiFFEpYeyUgF2GLq6tRRCfGFMu-qxfF55UYuw&oe=636AC05A)
खलमा प्रदेश १ की पूर्णिमा राईले गोल गरिन् । राईले खेलको १३ औँ मिनेटमा गरेको गोल नै जितका लागि पर्याप्त भयो ।
प्रदेश १ ले अब त्रिभुवन आर्मी क्लबसँग खेल्ने व्यवस्थापक गंगा कोइरालाले जानकारी दिइन् ।