२०८१ कार्तिक २ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

आँखा शिविरमा बाँडियो म्याद सकिएको औषधि


बिर्तामोड, चैत १२ । झापाको हल्दिबारी गाउँपालिका वडा नम्बर ४ को आयोजना तथा काँकरभिट्टाको मेची नेत्रालयको प्राविधिक सहयोग रहेको आँखा शिविरमा म्याद सकिएको औषधि वितरण गरिएको पाइएको छ ।

स्वास्थ्यजस्तो संवेदनशील विषयमा लापरबाही गरिएको भन्दै स्थानीय युवाले छानबिन गरी कारबाहीको माग गरेका छन् ।

हिजो सम्पन्न निःशुल्क आँखा शिविरलाई हेल्पिङ हेन्डस एजुकेसनले रिडिङ ग्लास सहयोग गरेको थियो भने सिर्जनशील युवा कल्बले स्वयमसेवकको रूपमा सहयोग गरेको थियो ।

शिविरमा ५०१ जनाले आँखाको जाँच गराएका थिए । ३७८ जनालाई चश्मा वितरण गरिएको थियो ।

मोतिबिन्दुको शल्यक्रिया गर्नुपर्ने २६ जनामध्ये १२ जनालाई मेची नेत्रालय पठाइएको थियो ।

स्थानीय पंकज शाहका अनुसार निःशुल्क आँखा शिविरका नामम जनतालाई मिति गुज्रिएको औषधि वितरण गरिएको हो ।
म्याद सकिएको औषधि ११ परिवारलाई वितरण गरिएको शाहले जनाएका छन् ।

यसैबीच, वडाध्यक्ष सन्तकुमार थापाले औषधिका विषयमा सत्यतथ्य छानबिन गर्न सम्बन्धित निकायसँग माग गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer