२०८१ पुष ८ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

यस्ता छन् नङ फुल्नुका कारणहरु


बिर्तामोड, चैत १४ । नङको माथिल्लो भागमा कहिलेकाहीँ सेतो देखिने गर्छ । नङ फुलेको अवस्थालाई लिएर विभिन्न अन्धविश्वासी धारणा पनि पाइन्छ । सेतो नङले नयाँ र राम्रो लुगा लगाउने संकेत मिल्ने परम्परागत धारण छ । तर, यो स्वास्थ्यसँग जोडिएको समस्या हो । पढ्नुहोस् नङ फुल्नुका कारणः

नङमा चोट: नङमा सेतो दागी देखिनुलाई स्वास्थ विज्ञानमा ल्युकोनाकिया भनिन्छ । नङको तल्लो भागमा चोट लागेमा वा नङ थिचिएमा सेतो दागी देखिन्छ । घाइते भएको अलि धेरै समयपछि मात्र सेतो दागी देखिने भएकोले चोटका कारण नङ फुलेको बुझ्न सकिँदैन । ढोकामा वा ढुंगामा नङ ठोकिदा सेतो दागी आउँछ ।

एलर्जी प्रतिक्रिया: नङ पोलिसको एलर्जीका कारण पनि तपाईंको औँलाको नङमा सेतो दागी आउन सक्छ । नङ पोलिसमा हुने विभिन्न रसयानले नङको भित्री भागमा असर गर्छ ।

जिंकको कमि: मानिसमा जिंकको अभाव भएमा नङमा सेतो दागी उत्पन्न हुन्छ । जिंक प्राप्त हुने प्रयाप्त पोषण खाएमा कुनै पनि व्यक्ति यो समस्याबाट मुक्ति पाउँछ । गेडागुडी, कार्बोहाइड्रेड, पोर्क, नट र गेडायुक्त अन्नबाट जिंक लिन सकिन्छ ।

प्रोटिनको कमि: प्रोटिनको कमिले पनि नङमा सेतो धर्सा वा दागी आउँछ । यी रेखाहरुलाई म्युरेक्स लाइन भनिन्छ । तर, जब शरीरमा प्रोटिनको मात्रा सामान्य अवस्थामा आउँछ यी रेखा आफैँ हराउँछ । यी रेखा म्युरेक्स लाइन हुन वा होइनन् भन्ने हामी आफैँले पनि परीक्षण गर्न सक्छौँ ।

क्यल्सियमको कमि: क्याल्सियमको कमिले पनि नङमा सेतो दागी आउँछ । तसर्थ, आफ्नो दैनिक भोजनमा सुन्तलाको जुस, दूध लगायत क्याल्सियमयुक्त खानेकुरा खानुहोस् ।

गम्भीर रोगको लक्षण: नङ फुल्नु केही गम्भीर रोगको लक्षण पनि हुन सक्छ । तसर्थ, यस्तो दागी लामो समयसम्म देखिन्छ भने तत्काल चिकित्सकको सल्लाह लिनुपर्छ ।

धेरै नङ फुल्नु लिभर, हेपाटाइटिस, किड्नी, एनेमिया लगायतका गम्भीर रोगका लक्षण पनि हुन् ।

समाधानका उपाय

भिटामिन ई वा लोसनले हातलाई मोस्चराइज गर्ने । मोस्चराइज गर्दा नङको छालामा पनि छुनुपर्छ ।

क्याल्सियम, प्रोटिन, भिटामिनयुक्त प्रशस्त खानेकुरा खानुहोस् ।

भिटामिन सि युक्त फलफूल खाने ।

जिंक, आइरन, सल्फरयुक्त खानेकुरा खाने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer