
बिर्तामोड, कात्तिक १९ । जेनजी आन्दोलनको क्रममा बिर्तामोडबाट लुटिएको हतियार बेवारिसे अवस्थामा फेला परेको छ ।

आज ४ः४५ बजे बिर्तामोड वडा नम्बर–६ स्थित सुगम शान्ति टोलको तोरीबारी नजिक रहेको सिमल तरुलको झाडीमा बेवारिसे अवस्थामा हतियार ०३११००८७२ नम्बरको इन्सास हतियार थान–१, ऐ.को म्याग्जिन थान–१, ऐ. को राउण्ड १९ सावुत र २ राउण्ड वेसावुत गोलि फेला परेको हो ।

प्रहरीका अनुसार उक्त हतियार २४ गते जेनजी आन्दोलनको क्रममा इप्रका अनारमनिबाटै लुटिएको थियो । हतियार बरामद गरि इप्रका अनारमनिमा ल्याइ राखिएको र थप अनुसंधान भइरहेको छ ।

त्यस्तै,इप्रका दमक र बिर्तामोडबाट लुटिएका अझै २२ नाल भेटिन बाँकी रहेको प्रहरीले जनाएको छ ।








