२०८१ पुष ९ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तासिटीमा ‘ल्याप्रोस्कोपिक सर्जरी’ मार्फत जोडिएको आन्द्रा र ट्युमरको सफल शल्यक्रिया


बिर्तामोड, चैत २३ । बिर्तामोडस्थित पूर्णटुङ्ग बिर्तासिटी अस्पतालमा धरान ११ की ४३ वर्षीया हेमा सुनारको ‘ल्याप्रोस्कोपिक सर्जरी’ मार्फत पाठेघरको ट्युमर निकालिएको छ ।

अस्पतालका प्राडा अजय अग्रवालले उनको ट्युमर निकालेका हुन् । प्राडा अग्रवालका अनुसार ती महिलाको पाठेघरको बहिरी भाग सुन्निएको र ट्युमर पलाएकाले पाठेघर नै फाल्नु पर्ने अवस्था थियो ।

महिलाको सानो आन्द्रा समेत जोडिँदा पाठेघर फाल्न सहज नभएको तर दूरबिनको माध्यमबाट पेट नचिरिकन सानो–सानो प्वाल बनाएर सर्जरी गर्दै सहज रुपमा उनको उपचार गरिएको प्राडा अग्रवालले बताए ।

पछिल्लो समय ओपन सर्जरीको सट्टा ‘ल्याप्रोस्कोपिक सर्जरी’ लोकप्रिय बन्दै गएको र अस्पतालले ओपन सर्जरीभन्दा सहज र सरल तरिकाले हेमाको उपचार गरेको हो ।

‘अन्य अस्पतालले पाठेघर नै फाल्नु पर्छ भनेका रहेछन् तर, हामीले पाठेघर नफ्याली ट्युमर मात्रै निकाले र फालेका छौँ,’ प्राडा अग्रवालले भने, ‘जटिल शल्यक्रिया भए पनि उनको टाँसिएको सानो आन्द्रालाई समेत हामीले छुट्याएर सहज र सफल उपचार गरेका हौँ ।’

अस्पतालले सहज रुपमा आफ्नो ‘ल्याप्रोस्कोपिक सर्जरी’ मार्फत पाठेघरको ट्युमर निकालेको भन्दै हेमाले खुसी व्यक्त गरेकी छिन् । धरानमा भन्दा सहज र सजिलै छिटो उपचार भएको उनले अस्पतालप्रति प्रभावित भएको बताइन् ।

प्राडा अग्रवालले यो प्रविधिबाट सुनारको मात्र नभई धेरैको सफल उपचार गरेका छन् । उनले पाठेघरको ट्युमरसहित प्रसूति र निःसन्तान दम्पत्तिको समेत उपचार गर्दै आएका छन् ।

पछिल्लो एक वर्षदेखि उनले बिर्तासिटी अस्पतालमा ओपिडीसहित ६ हजार भन्दा धेरैको उपचार गरेको अस्पतालका प्रशासन प्रमुख विनोद बस्नेतले जानकारी दिए ।

अस्पतालका कार्यकारी निर्देशक आनन्द बस्नेतले सेवाग्राहीलाई सरल, सहज र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन लागिपरेको बताए ।

उनले पछिल्लो समय अस्पतालले स्वास्थ्य सेवालाई समेत थप स्तरोन्नति गर्दै लगेको र आम नागरिकलाई शुलभ रुपमा सेवा उपलब्ध गराउँदै आएको बताए । निर्देशक बस्नेतले अस्पतालमा स्वास्थ्य बीमा समेत लागु गर्ने बताए ।

अस्पतालका स्वास्थ्य निर्देशक डा. अनिलकुमार बस्नेत अस्पतालले सेवा प्रवाहमा कुनै कुरा बाँकी नराखेको बताए । उनले सबै उपचार एकै ठाउँमा गर्नेगरीको तयारी भइरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer