२०८१ पुष २६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

एम्बुलेन्स चालक संघ झापा अध्यक्षमा खड्का


बिर्तामोड, जेठ ७ । एम्बुलेन्स चालक संघ झापाको अध्यक्षमा चेतन खड्का चयन भएका छन् । सुरुंगामा शनिबार सम्पन्न पाँचौँ साधारणसभाले खड्काको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

संघको उपाध्यक्षमा दिप ताजपुरिया, सचिवमा दुर्गाप्रसाद न्यौपाने र कोषाध्यक्षमा हरि खड्का चयन भएका छन् ।

त्यस्तै, समितिको सदस्यहरुमा यादव बराल, रविन खड्का, दुर्गा खरेल, दिलिप थापा र शंकर कार्की र मनोज भट्टराईलाई चयन गरिएको छ ।

राजेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारणसभामा झापाका एक मात्र महिला एम्बुलेन्स चालक लीला बस्ताकोटी र आविष्कार केन्द्रलाई सम्मान गरिएको थियो ।

कार्यसमितिका सदस्य स्वर्गीय महेन्द्र गौतमलाई मरणोपरान्त सम्मान प्रदान गरिएको थियो भने चालक बलबहादुर दनुवारलाई कोरोना बीमाअन्तर्गतको एक लाखको चेक हस्तान्तरण प्रदान गरियो ।

कार्यक्रममा केन्द्रीय महासचिव मुक्ति काफ्लेले अब देशभरिका एम्बुलेन्स चालक एक भएर आफ्नो हक र अधिकारका लागि लड्नुपर्ने बेला आएको भन्दै सबैलाई संगठित हुन आग्रह गरे ।

संघका केन्द्रीय अध्यक्ष नवराज लामिछानेको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन सञ्चारकर्मी भुमिका लिम्बू फियाकले गरेकी थिइन् भने उपाध्यक्ष पारसमणि राईले स्वागत गरेका थिए ।

Comments are closed

Adv footer