२०८१ मंसिर १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

मदन भण्डारी राष्ट्रिय कराते प्रतियोगिताः कातामा बागमतीको जित


बिर्तामोड, जेठ २७ । प्रथम मदन भण्डारी राष्ट्रिय कराते प्रतियोगितामा कातातर्फ बाग्मतीका आयुष दराई र प्रजिसा श्रेष्ठ च्याम्पियन बनेका छन् ।

शनिबारदेखि झापाको बिर्तामोडमा सुरु भएको मदन भण्डारी राष्ट्रिय कराते प्रतियोगिताको पहिलो दिन कातातर्फको इभेन्ट मात्र सम्पन्न भएको छ । १२० जना खेलाडी सहभागी प्रतियोगितामा क्वार्टर फाइनलको खेल शनिबार भएको थियो ।

कातातर्फ पुरुषमा लुम्बिनीका रविन्द्र सुनार दोस्रो, सुदूरपश्चिमका रोहित तामाङ तेस्रो भएका छन् । महिलातर्फ कोशी प्रदेशकी करुण राई दोस्रो, मधेश प्रदेशकी सविना दियाली तेस्रो भएकी छन् ।

प्रतियोगितामा विजेताले क्रमशः मेडलसहित १० हजार, ७ हजार र ५ हजार रुपैंयाँ पुरस्कार प्राप्त गरेका छन् । पुरुषतर्फ ८ र महिलातर्फ ७ वटा इभेन्टमा प्रतियोगिता भइरहेको छ ।

प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राजनीतिक खेलका कारण नेपाली खेलक्षेत्र ओझेलमा परेको टिप्पणी गरे ।

प्रतियोगिता आइतबार समापन हुने आयोजक कमिटीका उपाध्यक्ष तुलसी मैनालीले जानकारी दिए । प्रतियोगितामा आयोजकको एकसहित देशका ७ वटै प्रदेशका खेलाडीहरु सहभागी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer