२०८२ जेठ १७ शनिबार
Jhapa Today
Adv top

मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताः एपिएफ सेमिफाइनलमा


बिर्तामोड, जेठ ३० । दोस्रो खेलमा कोशी प्रदेशलाई सोझो सेटमा हराएसँगै विभागीय टिम एपिएफ क्लब मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

इटहरीमा जारी प्रतियोगिताका समूह चरणको दुबै खेलमा जित निकाल्दै सशस्त्र प्रहरी बलको एपिएफ क्लबले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

मंगलबार बिहान भएको खेलमा एपिएफले आयोजक कोशी प्रदेशमाथि ३–० को सोझो सेटको जित निकाल्यो । एपिएफले कोशीविरुद्ध २५–६, २५–६ र २५–४ को सहज जित निकालेको थियो ।

यसअघि सोमबार राति भएको उद्धघाटन खेलमा एपिएफले बागमती प्रदेशलाई ३–१ को सेटले पराजित गरेको थियो ।

पहिलो सेट २३–२५ ले गुमाएको एपिएफले त्यसपछि २५–२२, २५–१७ र २५–१८ को सेट हात पार्दै बागमतीमाथि पुनरागमन जित दर्ता गरेको थियो । खेलको प्लेयर अफ द म्याच एपिएफकी सरस्वती चौधरी भइन् ।

उत्कृष्ट लयमा रहेको एपिएफ दुई खेलमा ६ अंकसहित समूह ए को विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेका हो ।

यसैबीच, सोमबार राति भएको दोस्रो खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबमाथि ३–० को सोझो सेटको जित दर्ता गर्यो ।

पहिलो सेट २५–२० ले जितेको पुलिसले दोस्रो सेट २५–१९ र तेस्रो सेटमा २५–२१ ले जित्यो । खेलको म्यान अफ द म्याच पुलिस क्लबकी कामना विष्ट भइन् ।

प्रतियोगिताको विजेताले नगद ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव हंशराज वाग्लेले जानकारी दिए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५५ हजार पाउने छन् । बेस्ट स्पाइकर, ब्लकर, सर्भर, सेटर र लिबेरोलाई जनही १५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजना तथा जिल्ला भलिबल संघ सुनसरीको संयोजनमा प्रदेशिक रंगशाला इटहरीमा भइरहेको प्रतियोगितामा तीन विभागीयसहित ६ टिमको सहभागिता रहेको वाग्लेले जानकारी दिए ।

Adv footer

हाम्रो बारेमा

झापाली भूगोलको खबर प्रवाह गर्ने उद्देश्यले प्रकाशन हुँदै आएको यस अनलाइन समाचार पोर्टलमा राजनीतिक समाचार भने प्रकाशन हुँदैन । समाजका सफलताका कथा, खेलकुद, सामाजिक कार्य, शिक्षा, स्वास्थ्य, वित्तीय गतिविधि, कला, मनोरञ्जन, साहित्यलाई यस अनलाइनले प्राथमिकता दिनेछ ।

सम्पर्क

झापा टुडे मिडिया प्रा.लि.
बिर्तामोड-१, झापा
मोबाइल : ९८५२६७१६७९
इमेल : [email protected]
[email protected]

हाम्रो टिम

अध्यक्ष/सम्पादकः हिमाल खरेल
निर्देशक/समाचार प्रमुखः विनिशा शर्मा
बजार/विज्ञापन प्रमुखः विशाल खरेल
फाेटाे/भिडियो: दिपेन्द्र कटुवाल