२०८२ जेठ १७ शनिबार
Jhapa Today
Adv top

मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबलः आर्मीले लुम्बिनीलाई हरायो


बिर्तामोड, जेठ ३० । मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको आफ्नो दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले जित निकालेको छ ।

आज बिहान इटहरी रंगशालामा भएको खेलमा लुम्बिनी प्रदेशलाई सोझो सेटमा हराउँदै आर्मीले सेमिफाइनलको यात्रालाई जीवितै राखेको छ ।

यसअघि आर्मी पहिलो खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग पराजित भएको थियो ।

आजको खेलमा आर्मीले लुम्बिनीलाई २५–१२, २५–१९ र २५–१८ को सेटमा हराएर पुलिससँग अंक बराबर बनाएको छ ।

आज साँझ हुने पुलिस र लुम्बिनी प्रदेशबीचको खेलले समूह बी बाट सेमिफाइनल प्रवेशको छिनोफानो गर्नेछ ।

दुई खेल खेलेको आर्मीको ३ अंक छ भने समान एकएक खेल खेलेका पुलिसको ३ र लुम्बिनी अंकविहीन छ ।

आजै साँझ कोशी प्रदेशले बागमती प्रदेशको सामना गर्दैछ । यो खेलको विजेता समूह ए को उपविजेता हुँदै सेमिफाइनल प्रवेश गर्नेछ ।

प्रतियोगिताको विजेताले नगद ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव हंशराज वाग्लेले जानकारी दिए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५५ हजार पाउने छन् । बेस्ट स्पाइकर, ब्लकर, सर्भर, सेटर र लिबेरोलाई जनही १५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजना तथा जिल्ला भलिबल संघ सुनसरीको संयोजनमा प्रादेशिक रंगशाला इटहरीमा भइरहेको प्रतियोगितामा तीन विभागीयसहित ६ टिमको सहभागिता रहेको वाग्लेले जानकारी दिए ।

Adv footer

हाम्रो बारेमा

झापाली भूगोलको खबर प्रवाह गर्ने उद्देश्यले प्रकाशन हुँदै आएको यस अनलाइन समाचार पोर्टलमा राजनीतिक समाचार भने प्रकाशन हुँदैन । समाजका सफलताका कथा, खेलकुद, सामाजिक कार्य, शिक्षा, स्वास्थ्य, वित्तीय गतिविधि, कला, मनोरञ्जन, साहित्यलाई यस अनलाइनले प्राथमिकता दिनेछ ।

सम्पर्क

झापा टुडे मिडिया प्रा.लि.
बिर्तामोड-१, झापा
मोबाइल : ९८५२६७१६७९
इमेल : [email protected]
[email protected]

हाम्रो टिम

अध्यक्ष/सम्पादकः हिमाल खरेल
निर्देशक/समाचार प्रमुखः विनिशा शर्मा
बजार/विज्ञापन प्रमुखः विशाल खरेल
फाेटाे/भिडियो: दिपेन्द्र कटुवाल