२०८२ जेठ १७ शनिबार
Jhapa Today
Adv top

मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबलः बागमती सेमिफाइनलमा


बिर्तामोड, जेठ ३० । मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताअन्तर्गत बागमती प्रदेश सेमिफाइनल प्रवेश गरेको छ ।

समूह ए मा रहेको बागमतीले आयोजक कोशी प्रदेशलाई सोझो सेटमा हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो ।
समूह ए मा रहेको एपिएफ ६ अंकका साथ समूह विजेता बन्दा बागमती ३ अंकसहित समूह उपविजेता बन्यो ।

बागमतीले कोशीविरुद्ध २५–१०, २५–१८ र २५–१३ ले सेटमा जित निकालेको थियो । खेलको प्लेयर अफ द म्याच बागमतीकी रिमा कुँवर भइन् ।

यसअघि सोमबार राति भएको उद्धघाटन खेलमा एपिएफले बागमती प्रदेशलाई ३–१ को सेटले पराजित गरेको थियो ।

प्रतियोगिताको विजेताले नगद ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव हंशराज वाग्लेले जानकारी दिए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५५ हजार पाउने छन् । बेस्ट स्पाइकर, ब्लकर, सर्भर, सेटर र लिबेरोलाई जनही १५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजना तथा जिल्ला भलिबल संघ सुनसरीको संयोजनमा प्रादेशिक रंगशाला इटहरीमा भइरहेको प्रतियोगितामा तीन विभागीयसहित ६ टिमको सहभागिता रहेको वाग्लेले जानकारी दिए ।

Adv footer

हाम्रो बारेमा

झापाली भूगोलको खबर प्रवाह गर्ने उद्देश्यले प्रकाशन हुँदै आएको यस अनलाइन समाचार पोर्टलमा राजनीतिक समाचार भने प्रकाशन हुँदैन । समाजका सफलताका कथा, खेलकुद, सामाजिक कार्य, शिक्षा, स्वास्थ्य, वित्तीय गतिविधि, कला, मनोरञ्जन, साहित्यलाई यस अनलाइनले प्राथमिकता दिनेछ ।

सम्पर्क

झापा टुडे मिडिया प्रा.लि.
बिर्तामोड-१, झापा
मोबाइल : ९८५२६७१६७९
इमेल : [email protected]
[email protected]

हाम्रो टिम

अध्यक्ष/सम्पादकः हिमाल खरेल
निर्देशक/समाचार प्रमुखः विनिशा शर्मा
बजार/विज्ञापन प्रमुखः विशाल खरेल
फाेटाे/भिडियो: दिपेन्द्र कटुवाल