२०८१ मंसिर १० सोमबार
Jhapa Today
Adv top
Adv below_nav

मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबलः पुलिस र आर्मी सेमिफाइनलमा


बिर्तामोड, जेठ ३० । मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताअन्तर्गत नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब सेमिफाइनल प्रवेश गरेका छन् ।

आज साँझ इटहरीस्थित प्रादेशिक रंगशालामा भएको खेलमा पुलिसले लुम्बिनी प्रदेशलाई हराएसँगै पुसिस र आर्मी समूह बि को विजेता र उपविजेता हुँदै सेमिफाइनल प्रवेश गरेका हुन् ।

आजको खेलमा पुलिसले लुम्बिनीलाई २५–८, २५–१२ र २५–७ को सेटमा जित निकालेको हो ।

यसअघि आज बिहान भएको खेलमा लुम्बिनी प्रदेशलाई सोझो सेटमा हराउँदै आर्मीले सेमिफाइनलको यात्रालाई जीवितै राखेको थियो ।

आर्मी पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबसँग पराजित भएको थियो ।

त्यस्तै, समूह ए मा रहेको बागमतीले आयोजक कोशी प्रदेशलाई सोझो सेटमा हराउँदै अन्तिम चारमा स्थान पक्का गरिसकेको छ । समूह ए मै रहेको एपिएफ ६ अंकका साथ समूह विजेता बन्दा बागमती ३ अंकसहित समूह उपविजेता बन्यो ।

भोलि साँझ हुने पहिलो सेमिफाइनल खेलमा आर्मीले एपिएफको सामना गर्नेछ भने दोस्रो खेल बागमती प्रदेशविरुद्ध पुलिसले प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताको विजेताले नगद ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव हंशराज वाग्लेले जानकारी दिए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५५ हजार पाउने छन् । बेस्ट स्पाइकर, ब्लकर, सर्भर, सेटर र लिबेरोलाई जनही १५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजना तथा जिल्ला भलिबल संघ सुनसरीको संयोजनमा प्रादेशिक रंगशाला इटहरीमा भइरहेको प्रतियोगितामा तीन विभागीयसहित ६ टिमको सहभागिता रहेको वाग्लेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer