२०८२ जेठ १७ शनिबार
Jhapa Today
Adv top

ओखलढुंगामा कोशी प्रदेश मुख्यमन्त्री कप नकआउट फुटबल हुने


बिर्तामोड, जेठ ३१ । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशले पहाडी जिल्ला ओखलढुंगामा फुटबल प्रतियोगिता गर्ने भएको छ ।

आज सुनसरीको इटहरीमा बोर्ड पत्रकार सम्मेलन आयोजना गरेर प्रतियोगिताबारे जानकारी दिएको हो ।

बोर्डको आयोजनामा हुने तेस्रो कोशी प्रदेश मुख्यमन्त्री कप नकआउट फुटबल प्रतियोगिता यही असार ४ गतेदेखि ९ गतेसम्म हुने बोर्डका सदस्य सचिव हंशराज वाग्लेले जानकारी दिए ।

वाग्लेका अनुसार प्रतियोगितामा कोशी प्रदेशका १४ जिल्लाको सहभागिता रहनेछ । जिल्लाको सदरमुकामस्थित सिद्धिचरण नगरपालिकामा रहेको खेलमैदानमा प्रतियोगिता हुने वाग्लेले बताए ।

ओखलढुंगामा पहिलोपटक हुन लागेको प्रतियोगिताको विजेताले नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद १ लाख ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउनेछ ।

त्यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद ५ हजार रुपैयाँ प्रदान गरिने बोर्डले जनाएको छ ।

प्रतियोगिताका उत्कृष्ट गोलकिप्पर, गोलरक्षक, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक र उच्च गोलकर्तालो पाँच हजार रुपैयाँ र ट्रफी पाउने छन् ।

प्रतियोगितामा खेलाडी, अफिसियल तथा निर्णायक गरेर ३०० जना ओखलढुंगा पुग्ने बोर्डले जनाएको छ ।

प्रतियोगिताका लागि बोर्डले ३० लाख रुपैयाँ विनियोजन गरेको सदस्य सचिव वाग्लेले जानकारी दिए ।

Adv footer

हाम्रो बारेमा

झापाली भूगोलको खबर प्रवाह गर्ने उद्देश्यले प्रकाशन हुँदै आएको यस अनलाइन समाचार पोर्टलमा राजनीतिक समाचार भने प्रकाशन हुँदैन । समाजका सफलताका कथा, खेलकुद, सामाजिक कार्य, शिक्षा, स्वास्थ्य, वित्तीय गतिविधि, कला, मनोरञ्जन, साहित्यलाई यस अनलाइनले प्राथमिकता दिनेछ ।

सम्पर्क

झापा टुडे मिडिया प्रा.लि.
बिर्तामोड-१, झापा
मोबाइल : ९८५२६७१६७९
इमेल : [email protected]
[email protected]

हाम्रो टिम

अध्यक्ष/सम्पादकः हिमाल खरेल
निर्देशक/समाचार प्रमुखः विनिशा शर्मा
बजार/विज्ञापन प्रमुखः विशाल खरेल
फाेटाे/भिडियो: दिपेन्द्र कटुवाल