२०८१ पुष ११ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

‘लम्कि स्किन’ विरुद्व बिर्तामोड नगरको खोप अभियान


बिर्तामोड, साउन २१ । झापाको बिर्तामोड नगरपालिकाले पशुमा लाग्ने संक्रामक रोग ‘लम्कि स्किन’ विरुद्धको खोप लगाउन सुरु गरेको छ । आज (आइतबार) वडा नम्बर १० मा रहेको सफल गाई फार्मबाट यो रोग विरुद्वको खोप लगाउन सुरु गरेको हो । ‘लम्कि स्किन’ असार अन्तिम सातादेखि बिर्तामोडमा पनि धेरै देखिन थालेपछि रोग नलागेका स्वस्थ पशुहरुमा खोप लगाउन सुरु गरिएको पशुपंछी तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहालले जानकारी दिइन् ।

सबै वडाका कृषकहरुको घरघरमा पुगेर पशु प्राविधिकिहरुले खोप लगाउने छन् । यसका लागि नगरपालिकाले १० जना प्राविधिक खटाएको छ । खोप लगाएबापत कृषकहरुले प्रतिगाई १३० रुपैयाँ तिर्नुपर्ने छ । त्यसमा प्रयोग हुने सिरिन्ज, निडिल, प्राविधिकहरुको चार्ज, खाना, यातायात लगायतको खर्च नगरपालिकाले व्यहोर्नेछ । १५ हजार गाईमा यो खोप लगाइने कार्यक्रम रहेकोले नगरपालिकाको मात्रै १७ लाख रुपैयाँभन्दा बढी खर्च हुने पशुपंछी तथा मत्स्य विकास शाखाले जनाएको छ ।

लम्कि स्किनरोग विरुद्ध खोप सञ्चालन उद्घाटन कार्यक्रममा बोल्दै वडा नम्बर १० का वडाध्यक्ष दूर्योधन गुरुङले ‘लम्कि स्किन’ सरुवा रोग भएकोले भ्याक्सिन छुटाउन नहुने बताए । असहज अवस्था आए वडा तथा नगरपालिकालाई खबर गर्न आग्रह गर्दै उनले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । वडाध्यक्ष गुरुङले आफूले नै ५६५ रुपैयाँ खर्च गरेर गाईलाई भ्याक्सिन लगाएको उदाहरण दिँदै यस कार्यक्रमले कृषकलाई सहज भएको बताए ।

बिर्तामोडमा लम्कि स्किनका कारण २ हजार ५ सयभन्दा बढी पशु संक्रमित भएका छन् भने ६ वटा मरेका छन् । यो रोग लागिसकेपछि गाईमा ज्वरो आउने, शरीरमा फोका देखापर्ने, झोक्राउने, घाँस, खोले नखाने र अन्त्यमा मर्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer