२०८१ कार्तिक २ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

एनसिडिएको महाधिवेशनमा कोशी प्रदेशबाट महासचिवसहित चारजनाको आकांक्षा


बिर्तामोड, साउन २७ । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) को आसन्न १४ औँ महाधिवेशनका लागि कोशी प्रदेशबाट एक पदाधिकारीसहित चारजनाले आकांक्षा व्यक्त गरेका छन् ।

आज इटहरीमा सम्पन्न संघको झापा, मोरङ र सुनसरीका अध्यक्ष तथा प्रदेश पदाधिकारीको भेलामा उनीहरुले उम्मेदार बन्ने आकांक्षा व्यक्त गरेका हुन् ।

वीरगञ्जमा हुन लागेको महाधिवेशनमा कोशी प्रदेशका वर्तमान अध्यक्ष कुमार खतिवडाले महासचिव पदमा इच्छा व्यक्त गरेका छन् । त्यस्तै, केन्द्रीय सदस्य पदमा झापा अध्यक्ष गौतम गुप्ता, कोशी सहकोषाध्यक्ष प्रदिप दास र कोशी सदस्य कञ्चन शर्माले उम्मेदवारी दिन लागेका हुन् ।

केन्द्रीय महाधिवेशनमा कोशी प्रदेशबाट उम्मेदवार संयोजन गर्न कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष नरेन्द्र बराललाई संयोजक तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer