२०८१ पुष २६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

पत्रकार उपचार कोषलाई कतारबाट महेन्द्र चौम्लागाईंको २ लाख सहयोग


बिर्तामोड साउन २८ । कतारमा स्थापित नेपाली व्यवसायी महेन्द्रप्रसाद चम्लागाईंले पत्रकार सहारा उपचार कोषलाई दुई लाख एक रुपैयाँ सहयोग गरेका छन् ।

नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार उपचार कोषमा चौम्लागाईंले आइतबार उक्त रकम सहयोग प्रदान गरेको महासंघ झापाका अध्यक्ष एकराज गिरीले जानकारी दिए । महासंघको बैंक खातामा चौम्लागाईंले कतारबाटै उक्त रकम जम्मा गरिदिएका हुन् ।

नेपाली व्यवसायी संघ कतारका अध्यक्ष चौम्लागाईंले पत्रकारको सामाजिक सुरक्षा र दिगो हित गर्ने उद्देश्यले स्थापित पत्रकार उपचार कोषमा सहयोग गर्न पाउँदा खुसी व्यक्त गरे । पत्रकारहरुलाई घाइते र बिरामी हुँदा उपचार खर्च दिने पत्रकार उपचार कोषको प्रशंसा गर्दै चौम्लागार्ईंले उक्त अक्षयकोषलाई लक्ष्यअनुसार एक करोडको पु¥याउन आफ्नो तर्फबाट सहयोग गरेको बताए ।

झापा बाह्रदशी-७ का स्थायी बासिन्दा चौम्लागाईं अन्तर्राष्ट्रिय झापाली समाजका उपाध्यक्ष हुन् । उनी २७ वर्षदेखि सपरिवार कतारमै बस्दै आएका छन् । झापाली समाज कतारका संरक्षक रहेका उनको व्यावसायिक फर्म उडल्यान्ड कन्ट्राक्टिङ कम्पनी हो । चौम्लागाईं नेपाल चेम्बर अफ कमर्सको कतार प्रतिनिधिसमेत हुन् ।

सामान्य कामदारको रुपमा कतार गएका उनी सयौँ कामदारलाई रोजगार दिने त्यहाँको स्थापित व्यवसायीको रुपमा आफ्नो परिचय बनाउन सफल भएका छन् । महासंघका अध्यक्ष गिरीले कोषमा सहयोग गरेकोमा चौम्लागाईंलाई धन्यवाद ज्ञापन गरे ।

महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोष एक करोड रुपैयाँ पु¥याउने लक्ष्य राखिएको छ । कोषको ब्याजबाट पत्रकारहरु बिरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ । कोषमा हाल करिब ७५ लाख जम्मा भएको छ । कोषलाई १ करोड पुर्याउन सहयोगका निम्ति महासंघले सबैमा अपिल गरेको छ ।

Comments are closed

Adv footer