२०८१ पुष २६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

तीजको अवसरमा बिएन्डसी हस्पिटलमा स्त्री तथा प्रसूति सेवा निःशुल्क


बिर्तामोड, साउन ३२ । बिर्तामोडको बिएन्डसी हस्पिटलले हरितालिका तीजको अवसरमा सबै महिलाहरुका लागि १५ दिनसम्म स्त्री तथा प्रसूति रोगसम्बन्धी ओपिडी सेवातर्फ निःशुल्क गर्ने भएको छ ।

हस्पिटलले भदौ ३ गतेदेखि १८ गतेसम्म स्त्री तथा प्रसूति रोगसम्बन्धी ओपिडी सेवातर्फ निःशूल्क गर्ने निर्णय गरेको हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिस गिरीले जानकारी दिए ।

उनका अनुसार सोही अवधिमा स्वास्थ्य परीक्षण (इन्भेस्टिगेसन) तर्फ पनि १० प्रतिशत छुटको व्यवस्था गरिएको छ । विगतमा पनि बिरामीका लागि सहुलियत रुपमा सेवा दिँदै आएको हस्पिटलमा अत्याधुनिक प्रविधिसँगै डा. सुजाता खड्का न्यौपाने र डा. ज्योति लामालगायत विशेषज्ञ टिमले स्वास्थ्य परीक्षण गर्ने बताइएको छ ।

Comments are closed

Adv footer