२०८१ असोज ४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

काँकरभिट्टा माविका छात्रामा ‘मास हिस्टेरिया’, उपचार जारी


मेचीनगर, भदौ ४ । झापाको मेचीनगर–६ स्थित काँकरभिट्टा माविमा अध्ययनरत विद्यार्थी बेहोश हुन थालेपछि नगरप्रमुख गोपालचन्द्र बुढाथोकी स्वास्थ्यकर्मीसहितको टोली लिएर विद्यालय पुगेका छन् ।

केही दिनदेखि काँकरभिट्टा माविमा अध्ययन गर्न आउने विद्यार्थीहरू एकदुईजना बेहोश हुने क्रम रहेकोमा आइतबार मात्रै कक्षा ७ मा अध्ययनरत १३ जना छात्राहरू कक्षाकोठामै चिच्याउने, काम्ने, तथा बेहोश हुन थालेपछि विद्यालयको पठनपाठनमा समेत केही समस्या भएको प्रधानाध्यापक हरि न्यौपानेले बताए ।

विद्यार्थीहरू चिच्याउने, काम्ने, र बेहोश हुन थालेसँगै पठनपाठनमा समेत समस्या हुन थालेपछि नगरप्रमुख बुढाथोकी विद्यार्थीको अवस्था बुझ्न र स्वास्थ्य उपचार गर्न विद्यालय पुगेका थिए । उनले आफूसँगै जनप्रतिनिधि र मेचीनगरका स्वास्थ्यकर्मी सबै विद्यार्थीकै साथमा रहेको बताउँदै नअत्ताली आफ्नो आत्मबल उच्च राख्न सुझाए ।

उनीहरूलाई गर्मी र मास हिस्टेरियाको लक्षण देखिएको मेचीनगर स्वास्थ्य शाखा प्रमुख सविता सापकोटा निरौलाले बताइन् । उनले अहिले विद्यार्थीको अवस्था सामान्य रहेको जानकारी दिइन् ।

मेचीनगर नगरपालिकाका नगरप्रमुख बुढाथोकी, वडा नम्बर १० का वडाध्यक्ष नारायण खनाल, शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी, स्वास्थ्य शाखा प्रमुख सविता सापकोटालगायत स्वास्थ्यकर्मीले विद्यार्थीलाई आत्मबल बढाउन सचेतना दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer