२०८१ असोज ४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोड लायन्स क्लबको आयोजनामा २८३ जनाको आँखा परीक्षण


बिर्तामोड, भदौ ११ । लायन्स क्लब अफ बिर्तामोडको आयोजनामा बिर्तामोड वडा नम्बर ७ मा २८३ नाम बालबालिकाको आँखा जाँच गरिएको छ ।

आज वडा नम्बर ७ का लक्ष्मी आधारभूत विद्यालय र जनता आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीको आँखा जाँच गरिएको क्लबका उपाध्यक्ष प्रदिप खरेलले जानकारी दिए ।

आँखा जाँच गरेर चश्मा लगाउनुपर्ने र औषधि सेवन गर्नुपर्ने बिरामीलाई निःशुल्क वितरण गरिएको थियो । त्यस्तै, अस्पताल रिफर गरिएका तीनजना विद्यार्थीको पनि निःशुल्क उपचार गरिने क्लबले जनाएको छ ।

बिर्तामोड ७ का वडा अध्यक्ष अवरिल कृष्ण खरेलको प्रमुख आतिथ्यता तथा क्लबकी अध्यक्ष संगीता रौनियारको अध्यक्षतामा भएको कार्यक्रममा लक्ष्मी आविका अध्यक्ष मेदनीप्रसाद न्यौपाने, विद्यालयका अध्यक्ष गेहनाथ लामिछाने लगायतले बोलेका थिए ।

आँखा शिविरमा प्राविधिक सहयोग मेची आँखा अस्पतालले गरेको थियो । शिविरमा अस्पतालका तालिम प्रमुख युवराज बोहोरा, क्लबका पूर्वअध्यक्षहरु जीवनकुमार खड्का, सत्यनारायण शर्मा, सुरज रौनियार, समाजसेवी नविन भट्टराईको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer