२०८१ पुष १२ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्ता आयुर्वेदको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर र रक्तदान


बिर्तामोड,भदौ १४ । बिर्ता आयुर्वेद एण्ड फिजियोथेरापी सेन्टर छैटौं बर्ष पूरा गरि सातौ वर्षमा प्रबेश गरेको छ । वार्षिक उत्सवको अवसरमा बृहत निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम गरेको थियो ।

डाक्टर बिनय प्रधान र डा.भगवान शाहको टोलिले ४० जना भन्दा बढिको स्वास्थ्य परिक्षण गरेको थियो । प्यारालाइसिस, पाइल्स, ग्यास्ट्रीक, कब्जियत, सुगर,कोलेस्ट्रोल , थाइराइड, महिलाका समस्या लगायत जाँच गरिएको फिजियोथेरापिस्ट डाक्टर भगवान शाहले बताएका छन् ।

शिविरमा ल्याब सेवामा १०%, फिजियोथेरापीमा १५%, क्षारसुत्रमा १०% र औषधिमा ५% छुट गरिएको संचालक कमल रिजालले बताए ।

नेपाल रेडक्रस सोसाइटी बिर्तामोडको प्राविधिक सहयोगमा १५ पिन्ट रगत संकलन भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer