२०८१ कार्तिक २१ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

तिरिङ्गेमा जिप खस्दा झापाका एकसहित १३ तीर्थयात्री घाइते


बिर्तामोड, असोज ९ । तीर्थयात्री लिएर पाथिभरा मन्दिर जाँदै गरेको बोलेरो जिप आज बिहान दुर्घटना हुँदा झापाका एकजनासहित १३ जना यात्रु घाइते भएका छन् ।

दुर्घटनामा झापा बाह्रदशी २ बस्ने ४१ वर्षीय कर्णबहादुर कार्की र अन्य १२ जना ताप्लेजुङको पाथिभरा याङवरक–३ तिरिङ्गेका छन् ।

जिप चालक २१ वर्षीय भक्त कार्की, ७० वर्षीय धनबहादुर डाँगी, ६२ वर्षीया फूलमाया बस्नेत, ३५ वर्षीया निर्मला बस्नेत, अन्दाजी २२ वर्षीय कर्णबहादुर भट्टराई, ३० वर्षीया विमला डाँगी बस्नेत, ६ वर्षीया युनिसा बस्नेत, ४ वर्षीया स्वस्तिका बस्नेत, ४१ वर्षीया ललिता भट्टराई, २२ वर्षीय कुमार भट्टराई, ३७ वर्षीय मानबहादुर बस्नेत र ३८ वर्षीय चन्द्रबहादुर कार्की रहेका छन् ।

घाइतेमध्ये ७० वर्षका धनबहादुर डाँगीलाई थप उपचारका लागि झापा ल्याउँदै गरिएको प्रहरीले जनाएको छ । बाँकीको सामान्य अवस्थामा उपचार भइरहेको जिल्ला अस्पतालका डक्टर ओम थापा मगरले जानकारी दिए ।

आज बिहान ४ः३० बजेको समयमा ताप्लेजुङ पाथिभरा याङवरक गाउँपालिका–३ को भित्री सडक खण्डमा तिरिङ्गेबाट पाथिभरा दर्शनको लागि जाँदै गरेको मे. १ ज २१८६ नम्बरको बोलेरो जिप सडकबाट अन्दाजी ७० मिटर तल झर्दा दुर्घटना भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer