२०८१ कार्तिक २ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

अन्तर्राष्ट्रिय झापाली समाजको महाधिवेशन कात्तिक दोस्रो साता


बिर्तामोड, असोज १५ । अन्तर्राष्ट्रिय झापाली समाजको चौथो अन्तर्राष्ट्रिय महाधिवेशन कात्तिकको दोस्रो साता हुने भएको छ ।

संसारभरि रहेका झापालीहरुलाई संगठित गर्ने उद्देश्यले २०७३ सालमा स्थापना भएको संस्थाको चौथो महाधिवेशन यही कात्तिक ११ र १२ गते हुने भएको समाजका प्रवक्ता खेमराज जम्मरकट्टेलले जानकारी दिए ।

चौथो अन्तर्राष्ट्रिय महाधिवेशन झापाको बिर्तामोड हुनेछ । यो महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । समाजमा यसअघि भवानी ओली, दिनेश पोखरेल र छत्र सुब्बा अध्यक्ष भइसकेका छन् । हाल दिपक ओली अध्यक्ष छन् ।

हाल विश्वका ४१ राष्ट्रमा झापाली समाजको राष्ट्रि समिति बिस्तार गरिसकेको समाजले स्थापनाको छोटो अवधिमा सामाजिक तथा शिक्षाको क्षेत्रमा उल्लेख्य योगदान पुर्याइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer