२०८१ पुष १७ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

राजवंशी समाज विकास समिति झापाको अध्यक्षमा नौतली


बिर्तामोड, असोज २१ । राजवंशी समाज विकास समिति झापाको अध्यक्षमा नौतली राजवंशी चयन भएकी छन् । गौरीगंजकी नौतली अध्यक्षमा सर्वसम्मत चयन भएकी हुन् ।

कोच राजवंशी संग्रहालय घैलाडुब्बामा सम्पन्न समितिको झापा जिल्ला अधिवेशनले उपाध्यक्षमा भागुडुब्बाका प्रविण राजवंशी र बिर्तामोडकी विनिता राजवंशी चयन गरेको छ ।

त्यस्तै, सचिवमा भद्रपुरका देवचरण राजवंशी, कोषाध्यक्षमा बैजनाथ राजवंशी, सहसचिवमा राजगढका कृष्णकली राजवंशी चयन भएका छन् ।

समितिको सदस्यहरुमा सुष्मा राजवंशी मेचीनगर, तीर्थ राजवंशी घेराबारी, दुर्गाचरण राजवंशी घैलाडुबा, पदम राजवंशी गौरादह, जितनलाल राजवंशी अर्जुनधारा, चानवती राजवंशी शिवसताक्षी, दिपेश राजवंशी भद्रपुर, टेनुलाल राजवंशी डाँगीबारी, हरदेव राजवंशी हल्दिबारी, सविना राजवंशी मेचीनगर, रुपक राजवंशी दमक र रुकमणि राजवंशी गौरीगञ्ज छन् ।

नेपाल आदिवासी जनजाति महासंघ परिषद् सचिवालय काठमाडौँ उपमहासचिव रामकृष्ण ब्लोन तामाङको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा राजवंशी समाज विकास समिति झापा जिल्ला अधिवेशन आयोजक समितिका संयोजक नौतली राजवंशीले अध्यक्षता गरेकी थिइन् ।

भारत र नेपालका झापा, मोरङ र सुनसरीबाट राजवंशी समजका अगुवा, बुद्धिजीवी, अधिआरकर्मी लगायत सर्वसाधारणहरुको व्यापक उपस्थिति रहेको कार्यक्रममा जग्गादानसम्बन्धी वृत्तचित्र प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा कचनकवल, बाह्रदशी र बिर्तामोडमा जग्गादान दिने दाताहरुलाई सम्मान गरिएको थियो । युवा नेता असारु राजवंशीलाई पनि उनको योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।

भारतबाट आएको सुपरना नाचोनी गुस्टी नामक नृत्य टोलीले एकैपटक १३० जनाको सामुहिक स्वागत नृत्य प्रस्तुत गरेको थियो । कार्यक्रममा विभिन्न जातीय सांस्कृतिक नाचगानहरु पनि प्रस्तुत गरिएको थियो ।

राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष अभय राजवंशीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन दिपेश राजवंशीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer