२०८२ बैशाख २८ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

एसियाडमा कास्य पदक जितेकी मेनुकालाई झापामा सम्मान


एशियाली खेलकुदमा पदक जितेकी मेनुकालाई सम्मान

बिर्तामोड, कात्तिक ४ । चीनमा हालै सम्पन्न १९ औँ एसियाली खेलकुदमा नेपालको तर्फबाट ऐतिहासिक कास्य पदक जित्न सफल राष्ट्रिय महिला कबड्डी टोलीकी कप्तान मेनुकाकुमारी राजवंशीलाई झापामा सम्मान गरिएको छ ।

राजवंशी समाज विकास समिति झापाले बिर्तामोडमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम आयोजना गरी कप्तान मेनुकालाई सम्मान गरेको हो ।

बिर्तामोड–३ सैनिकमोडस्थित गौरवती सतानुसिंह राजवंशी स्मृति प्रतिष्ठानको सभाहलमा कार्यक्रम गरी नेपालकै गौरव मेनुका र अखिल नेपाल कबड्डी संघका केन्द्रीय उपाध्यक्ष रतिया राजवंशीलाई सम्मान गरिएको हो । उनीहरूलाई दोसल्ला र सम्मानपत्र प्रदान गरिएको थियो ।

राजवंशी समाज विकास समिति झापाका अध्यक्ष उत्तमकुमार राजवंशीको अध्यक्षता तथा समितिका केन्द्रीय सचिव लखनलाल राजवंशीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा समितिका केन्द्रीय सल्लाहकार पर्शुराम राजवंशी, कोचिला संघर्ष समितिका संयोजक त्रिनारायण राजवंशी, राजवंशी विकास प्रतिष्ठानका अध्यक्ष सुरेन राजवंशी, झापा जिल्ला कबड्डी संघका अध्यक्ष भूमि पौडेल, राजवंशी समाज विकास समिति मोरङका अध्यक्ष रुपेन राजवंशीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

जिल्ला सदस्य राजकुमार राजवंशीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचिव सोहनलाल राजवंशीले गरेका थिए ।

Adv footer