२०८२ बैशाख १२ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

१४ वटा बैंकहरूले घटाए ब्याजदर


बिर्तामोड, मसिंर १ । नेपालका १४ वटा वाणिज्य बैंकले मंसिर महिनाका नयाँ निक्षेपको ब्याजदर घटाएका छन् । एउटा बैंकले मात्रै ब्याजदर बढाएको छ भने पाँचवटाले कात्तिक महिनाकै ब्याजदरलाई यथावत राखेका छन् ।

मंसिरका लागि धेरैजसो वाणिज्य बैंकको ब्याजदर एकल अङ्कमा झरेको छ । वाणिज्य बैंकहरूले साउनदेखि ब्याजदर आआफ्नै तरिकाले निर्धारण गर्दै आइरहेका छन् ।

बैंकहरूले निक्षेपको ब्याजदर परिर्वतन गर्दा औसत १० प्रतिशत विन्दुले घटाउन वा बढाउन सक्ने व्यवस्था छ । बैंकमा तरलता बढेपछि भदौ महिनायता धेरैजसो बैंकहरूले ब्याजदर घटाउँदै आएका छन् ।

मंसिर महिनाका लागि माछापुच्छ्रे बैंकले ब्याजदरलाई ० दशमलव ६१ प्रतिशतले बढाएर १ दशमलव ६० प्रतिशत पु¥याएको छ । सबैभन्दा बढी एनआइसी एसिया बैंकले मुद्दती निक्षेपको ब्याजदर २ दशमलव ०४ प्रतिशत घटाएको छ ।

मंसिर महिनाका लागि एनएमबी बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, सानिमा बैंक, एभरेस्ट बैंक, नबिल बैंक, कृषि विकास बैंक, नेपाल एसबिआई बैंक, सिटिजन्स बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, प्रभु बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र राष्ट्रिय वाणिज्य बैंकले आफ्नो ब्याजदर घटाएका छन् ।

नेपाल बैंक, प्राइम बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक र सिद्धार्थ बैंकले कात्तिक महिनाको ब्याजदरलाई नै निरन्तरता दिएका छन् ।

Adv footer