२०८२ बैशाख १९ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

धुलाबारी निन्दा खोलाको छठ पूजाको तयारी पूरा


मेचीनगर, मंसिर २ । झापाको धुलाबारीस्थित निन्दा खोलाको किनारमा हुँदै आएको छठ पूजाको यो वर्षको तयारी पूरा भएको छ ।

छठ पूजा व्यवस्थापन गर्दै आएको धुलाबारी छठ पूजा समितिले आज पत्रकार सम्मेलन गरेर पूजास्थल सम्याउने, खोलाको पानीलाई बाटो दिने, बाँसको अस्थायी पुल बनाउने, विद्युत जडान गर्ने लगायतका काम सकिएको अध्यक्ष जयकुमार श्राफले जानकारी दिए ।

त्यस्तै, करिब ३५० जना क्षमताको घाट निर्माणको काम पनि पूरा भएको छ । थप एक सयजनाभन्दा बढी भक्तजनले आफैँ घाट बनाएर पूजा गर्ने रामघाट छठ पूजा समितिका अध्यक्ष गोपाल गुप्ताले बताए ।

धुलाबारीको निन्दा खोलामा हुने छठ पूजामा २० हजारभन्दा बढी मानिसको उपस्थिति रहने अनुमान गरिएको छ ।

छठ पूजाका साथै बृहत सांस्कृतिक कार्यक्रमलाई सफल बनाउन विभिन्न उपसमिति निर्माण गरिएको छ ।

पूजा अवधिमा सुरक्षा व्यवस्थापनका स्थानीय प्रहरी र नगर प्रहरीलाई आग्रह गरिएको अध्यक्ष श्राफले बताए । त्यस्तै, पूजाका लागि नगरपालिका, उद्योग वाणिज्य संघ, नगर अस्पतालको पनि सहयोग रहेको छ ।

Adv footer