२०८२ बैशाख १९ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा १५० जना ज्येष्ठ नागरिकलाई लौरो वितरण


बिर्तामोड, मंसिर ३ । बिर्तामोड नगरपालिकाको आयोजनामा बिर्तामोड र कनकाई क्षेत्रका १५० ज्येष्ठ नागरिकहरुलाई सम्मानसहित लौरो वितरण गरिएको छ ।

सभामुख देवराज घिमिरेको सचिवालयको समन्वयमा आज आयोजित कार्यक्रमका बीच ज्येष्ठ नागरिकहरुलाई सभामुख घिमिरेले ढाका टोपी, मजेत्रो र लौरो प्रदान गरेका हुन् ।

सभामुख घिमिरेले ज्येष्ठ नागरिकहरु सबैको साझा अभिभावक भएको भन्दै उनीहरुको सम्मान जरुरी रहेको बताए ।

कार्यक्रममा सहभागी ज्येष्ठ नागरिकहरुलाई यातायात खर्च समेत उपलब्ध गराइएको छ । सभामुख घिमिरेको सचिवालयको समन्वयमा अर्जुनधारा र बुद्धशान्तिमा समेत लौरो वितरण गर्ने कार्यक्रम रहेको छ ।

नगरप्रमुख पवित्रा महतारा प्रसाईंको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य अमृतलाल राजवंशी, प्रदेशसभा सदस्य एकराज कार्की, छवि चुडाल, नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, जनप्रतिनिधिहरु, प्रमुख प्रशासकीय विनोदकुमार न्यौपाने लगायतको सहभागिता रहेको थियो ।

Adv footer