
बिर्तामोड, मंंसिर १४ । झापाको शिवसताक्षीमा आज साँझ मोटरसाइकलले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।
आज साँझ ०६ः५० बजेको समयमा पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र. १–०१–०१६ प ४३९० नम्बरको मोटरसाइकलले सोही दिशातर्फ हिँड्दै गरेका पैदलयात्रीलाई पछाडिबाट ठक्कर दिएको थियो ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते बनेका उनको बिर्तामोडको बिर्तासिटी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो ।
नाम थर वतन नखुलेका पुरुषको साँझ साढे सात बजे मृत्यु भएको हो । उनको शव अस्पतालमै रहेको प्रहरीले जनाएको छ ।
ठक्कर दिने मोटरसाइकल चालक झापा कमल १ का अन्दाजी २० वर्षीय सागर तामाङको हातमा चोट लागेकोले स्थानीय शिवम मेडिकलमा सामान्य उपचारपछि इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएको छ ।