बिर्तामोड, माघ १७ । राष्ट्रिय फुटबल तथा त्रिभुवन आर्मी फुटबल क्लबका फरवार्ड नवयुग श्रेष्ठ वैवाहिक बन्धनमा बाँधिएका छन् ।
राष्ट्रिय फुटबल टोलीको कप्तानी समेत गरिसकेका इलाम देउमाई-४ का नवयुगले झापा मेचीनगर-१२ की पूजा श्रेष्ठसँग आज बुधबार विवाह गरेका हुन् ।
केही दिनअघि इलाममा सम्पन्न एनआरएन इलाम गोल्ड कप नवयुगले आयोजक रेड हर्स क्लबबाट खेलेका थिए । त्यसअघि दोस्रो एनएसएल उनले चितवन एफसीबाट खेलेका थिए ।
आर्मी क्लब भने २३ औँ आहा रारा गोल्ड कपको सेमिफाइनल पुगेको छ । सेमिफाइनलमा टोलीले बिहीबार सहिद स्मारक ए डिभिजन लिगको च्याम्पियन चर्च ब्वाइज युनाइटेड क्लबसँग खेल्नेछ ।