बिर्तामोड, बैशाख ७ । सुनको भाउ शुक्रबार फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज १ लाख ३९ हजार ३०० रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
अघिल्लो दिनको तुलनामा सुन तोलामा ७ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन तोलामा १ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ७२५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ७२० कायम भएको छ ।