२०८२ असार १७ मंगलबार
Jhapa Today
Adv top

झापा गाउँपालिकाद्वारा प्रधानाध्यापक गुप्ता पदमुक्त


बिर्तामोड, बैशाख १५ । झापा गाउँपालिकाले डिल्लीराज माध्यमिक विद्यालयका प्रधानाध्यापक वीरेन्द्रप्रसाद गुप्तालाई पदबाट हटाएको छ ।

गाउँपालिकाले गुप्तालाई पदबाट हटाउँदै निमित्त प्रधानाध्यापकमा सोही विद्यालयका सहायक प्रधानाध्यापक गोपीकृष्ण पराजुलीलाई नियुक्त गरेको छ ।

गुप्ताका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा १६ बुँदे उजुरी परेको थियो । जसमा २०७६÷०७७ पछि गुप्ता प्रधानाध्यापक भएसँगै धेरै अनियमितता भएको उल्लेख छ ।

बाल विकास शिक्षकका रुपमा सो विद्यालयमै कार्यरत गुप्ताकी पत्नी ज्योतिकुमारी गुप्ता विद्यालयमा अनुपस्थित भएको दिनमा पनि स्वयम प्रधानाध्यापकले कीर्ते हस्ताक्षर गरी हाजिरी गरेर पद दुरुपयोग गरेको उजुरी परेको छ ।

त्यस्तै, बजार मूल्यभन्दा बढी मूल्यको बील भौचर तयार पारी विद्यालयमा विद्यार्थी तथा शिक्षक कर्मचारीका लागि भनी खरिद गरिएका कमसल स्तरका डेस्क, बेन्च, पंखा, पोडियम, इन्टरएक्टिभ बोर्ड, प्रोजेक्टर, स्मार्ट बोर्ड, सिसिटिभी क्यामेरा, टेबल, कार्पेट, सोफा, स्यानिटाइजर, फिल्टर, ट्वाइलेटका सामानमा भ्रष्टाचार गरेको लगायतका १६ बुँदे उजुरी परेको हो ।

विद्यालयको भ्रष्टाचार विषयमा स्थानीय साथै सर्वदलीय दबाब बढेपछि गाउँपालिकाले गुप्तालाई पदबाट हटाएको कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाले जानकारी दिइन् ।

Adv footer