२०८१ मंसिर ९ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको तयारी पूरा


बिर्तामोड, बैशाख २९ । पूर्वेली युवा क्लबको आयोजना हुन गइरहेको स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

प्रतियोगिताका लागि खेल मैदानको स्तरोन्नति गर्नुका साथै मञ्चको रङरोगन सकिएको क्लबका कार्यवहाक अध्यक्ष दिपेन चौधरीले जानकारी दिए ।

खेल सञ्चालनन गर्न देश तथा विदेशबाट आर्थिक सहयोग जुटाउने कार्य पनि धमाधम भइरहेको अध्यक्ष रविन श्रेष्ठले जानकारी दिए ।

अमेरिकामा बस्दै आएका श्रेष्ठले आफ्नी आमाको स्मृतिमा हुने प्रतियोगिताका लागि साथीभाइहरुले सहयोग गरेकोमा धन्यवाद दिए ।

बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगितामा कोशी प्रदेशका आठवटा टिमको सहभागिता रहनेछ ।

प्रतियोगिताको खेल तालिका समेत सार्वजनिक गरिएको छ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक निलोले हाम्रो इटहरी भेट्रान्स एफसीको सामना गर्नेछ ।

प्रतियोगितका अन्य टिमहरुमा भरौल भेट्रान्स एफसी, विराटनगर भेट्रान्स एफसी, झिलझिले भेट्रान्स एफसी, चन्द्रगढी भेट्रान्स एफसी, इलाम भेट्रान्स एफसी र आयोजक रातो रहेका छन् ।

बैशाख ३१ गतेदेखि हुने भेट्रान्स फुटबल प्रतियोगिताको फाइनल खेल जेठ ७ गते हुने प्रतियोगिता संयोजक टेकराज तिलिङले जानकारी दिए ।

प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १११ रुपैयाँ, ट्रफी र मेडल पाउनेछ भने उपविजेताले नगद ५५ हजार ५५५ रुपैयाँ चौधरीले बताए ।

त्यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्यचाले नगद २५०० र ट्रफी पाउने छन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार र ट्रफी प्रदान गरिनेछ ।

त्यस्तै, प्रतियोगिका उत्कृष्ट गोलकिप्पर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, उच्च गोलकर्ता र प्रशिक्षकले नगद पाँच हजार र ट्रफी प्राप्त गर्ने संयोजक तिलिङले बताए ।

अध्यक्ष श्रेष्ठले विजेताको नगद पुरस्कार प्रदान गरेका छन् भने उपविजेताको पुरस्कार टुबोर्ग बियरले उपलब्ध गराउनेछ । आयोजकका लागि बिर्तामोडको जोया ब्रान्डले जर्सी र टिसर्ट उपलब्ध गराएको छ ।

१५ वर्षअघि बिर्तामोडका अगुवा युवाहरुको साझा संस्थाको रुपमा स्थापित पूर्वेली युवा क्लब खेलकुदसँगै सामाजिक कार्यमा समेत अग्रसर रहँदै आएको छ ।

प्रतियोगिताका सहयोगी दाताहरु
सुमन सिलवाल (हाल क्यानडा) २० हजार
हरि सिटौला बिर्तामोड ५ हजार
बिनोद पोखरेल बिर्तामोड ५ हजार
सुभम घिमिरे बिर्तामोड १० हजार
मेम्बेर श्रेष्ठ बिर्तामोड ५ हजार
निकुञ्ज बस्नेत बिर्तामोड १० हजार
विशाल राई (हाल अस्ट्रेलिया) १० हजार
दिपेश ढकाल भद्रपुर २५ हजार
रविन बस्नेत (नेपाली जनसम्पर्क समिति अमेरिका, केन्द्रीय सदस्य) २६ हजार ६००
सागर थापा (मोर्टेज लोन अफिसर, अमेरिका) १३ हजार ३००
पुष्कर दाहाल (आइटी डाइरेक्टर, अमेरिका) १३ हजार ३००
सञ्जु तामाङ (रियल स्टेट इन्भेस्टर, अमेरिका) ३३ हजार २५०
वसन्त राई बिर्तामोड ५ हजार
विजय शर्मा (सिनियर सफ्टवेयर डेभलपर, अमेरिका) १६ हजार ६२५
वीरबहादुर राई अर्जुनधारा १० हजार १११

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer