२०८१ पुष ३ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

एन्फाको छनोटमा परेकी रिक्छेनलाई भद्रपुर झापा गोल्डकपको सम्मान


भद्रपुर, जेठ १५ । महिलातर्फको फुटबल प्रशिक्षणका लागि अन्डर १३ मा अखिल नेपाल फुटबल संघ (एन्फा) को छनोटमा परेकी भद्रपुरकी रिक्छेन गुरुङलाई भद्रपुर झापा गोल्डकपले सम्मान गरेको छ ।

भद्रपुर झापा गोल्डकपकै अगुवाइमा भइरहेको महिला फुटबल प्रशिक्षणमा नियमित सहभागिता जनाइरहेकी रिक्छेनलाई एन्फाले महिला फुटबल प्रशिक्षणका लागि कोशी प्रदेशबाट छनोट गरेको हो ।

आज झापा गोल्डकपको सचिवालयमा एक कार्यक्रमका बीच रिक्छेनलाई गोल्डकपका अध्यक्ष दिपेश ढकाल, उपाध्यक्ष मनोज सुब्बा, महासचिव जीवनकुमार श्रेष्ठ, प्रमुख सल्लाहकार टिकाराज ढकाल, सदस्य नितेश वर्मा, कुमार श्रेष्ठ, खोमाकुमारी दाहाल, शमशेर मोक्तानलगायतले रिक्छेनलाई अबिर–खादा लगाएर सम्मासहित एन्फाको प्रशिक्षणमा अब्बल खेल खेल प्रदर्शन गर्न सुझाव दिएका थिए ।

भद्रपुर झापा गोल्डकपका फुटबल प्रशिक्षकहरु गम्भीर राई, अर्जुन राई, भरत गुरुङ र टेकबहादुर गुरुङले विगत ६ महिनादेखि भद्रपुर क्षेत्रका २२ जना महिला खेलाडीलाई फुटबलको प्रशिक्षण दिइरहेका छन् ।

फरवार्ड पोजिसनमा आफूलाई अब्बल सावित गर्दै आएकी रिक्छेनलाई एन्फाले उनको खेल कौशल देखेर प्रशिक्षणका लागि छनोट गरेको प्रशिक्षक भरत गुरुङले बताए । अब रिक्छेनले एन्फाको क्यालेन्डर अनुसार प्रशिक्षण लिने छिन् ।

रिक्छेन एन्फाको छनोटमा पर्नु भद्रपुर झापा गोल्डकपको एक महत्वपूर्ण उपलब्धि भएको अध्यक्ष ढकालले बताएका छन् । अहिले भद्रपुर झापा गोल्डकपले महिलाहरुको प्रशिक्षण गराउन थालेपछि झापामा फुटबल खेलतर्फ छात्राहरु निकै उत्साहित देखिएको ढकालले बताए ।

भद्रपुर झापा गोल्डकपले २०७९ फागुनमा अत्यन्त भव्यताका साथ सफलतापूर्वक प्रथम भद्रपुर झापा गोल्डकप सम्पन्न गरेलगत्तै पुरुषतर्फको अन्डर १९ र अन्डर १५ को प्रशिक्षण, ग्रासरुट प्रशिक्षण सुरु गर्नुका साथै गत वर्षको मंसिरमा झापामै पहिलोपटक जिल्लास्तरीय अन्तरपालिका लिग तथा नकआउट फुटबल प्रतियोगिता सम्पन्न गरेको थियो ।

यही वर्षको फागुन महिनामा दोस्रो भद्रपुर झापा गोल्डकप आयोजनाको तयारीमा जुटिसकेको भद्रपुर झापा गोल्डकपले झापाको फुटबल प्रवर्धनका लागि सबै पक्ष एकजुट हुन आह्वान पनि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer