२०८१ मंसिर १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

समाचार प्रभावः हराएको १६ घण्टामा भेटिए गौरादहका दुई बालक


बिर्तामोड, जेठ १६ । आफ्ना बुवालाई चिठी लेखेर झापाको गौरादहबाट बेपत्ता भएका दुईजना बालक १६ घण्टापछि भेटिएका छन् ।

गौरादह–१ बेलडाँगीचोकका भूपेन खड्काका दुई छोरा १४ वर्षीय खगेन्द्र खड्का र देव खड्का हिजो बिहान १० बजेदेखि बेपत्ता भएका थिए ।

भूपेनका अनुसार बालकहरु मोरङको पथरीस्थित एक घरमा आश्रय लिएर बसेको अवस्थामा भेटिएका हुन् । स्थानीय एक छिमेकीले झापा टुडेमा समाचार प्रकाशित भएको देखेपछि परिवारलाई खबर गरेको बताए ।

गौरादह वडा नम्बर १ का वडा सदस्य जमुन राईको रोहबरमा आज बुधबार बिहान २ बजे बालकहरुलाई परिवारको जिम्मा लगाइएको हो ।

स्थानीय मोती माध्यमिक विद्यालय सीतापुरीमा अध्ययनरत बालकहरुले बुवा, आमा र दिदीलाई ‘हाम्रो चिन्ता नलिनु हामीलाई नखोज्नु, हामी गौरीगञ्जतिर जान्छौँ’ भनेर एउटा चिठी लेखेर सिरानीमुनि राखेर घरैबाट बेपत्ता भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer