२०८१ मंसिर १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

हावाहुरीका कारण मेचीनगरका दुई उद्योगमा एक करोड १० लाख क्षति


मेचीनगर, जेठ १६ । मंगलबार मध्यरातमा आएको पानीसहितको हावाहुन्डरीले झापाको मेचीनगरका दुईवटा उद्योगमा एक करोड रुपैयाँभन्दा बढीको क्षति गरेको छ ।

मेचीनगर-१० प्रगति टोलमा रहेको हलेसी भेनियर उद्योगमा एक करोड रुपैयाँको क्षति पुगेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

डिल्लीराम श्रेष्ठले सञ्चालन गरेको सो भेनियर उद्योगको ७ ट्रक (ट्रकमा लोड गर्दा हुने परिणाम) भेनियर पत्ता, कामदार बस्ने कटेज, पिलिङ मेसिन, चाइनिज मेसिनसहित उद्योगको दुवैपट्टिको टिनको छानामा क्षति पुगेको छ ।

त्यस्तै, मेचीनगर-१० लालपानीमा रहेको सिद्धविनायक भेनियर उद्योगको १ ट्रक (ट्रकमा लोड गर्दा हुने परिणाम) भेनियर पत्ता, उद्योगको टिनको बेरा र छाना उडाउँदा १० लाख रुपैयाँ क्षति भएको सञ्चालक श्याम न्यौपानेले बताए ।

हावाहुरीले केही फुसका घरहरु उडाएको छ भने बिजुलीका पोल र रुखहरु ढलेका छन् । बिजुलीको पोल ढल्दा विद्युत आपूर्ति अवरुद्ध भएको छ ।

त्यस्तै, मकै, तरकारी, फलफूल बालीमा नोक्सान पुगेको छ । पूर्वपश्चिम राजमार्ग उत्तरमा हावाहुरीले क्षति गरेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer